एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक,६५.२२ प्रतिशत उत्तिर्ण


भक्तपुर, भदौ २२ – यस बर्षको एसएलसी पूरक परीक्षामा ६५ दशमलव २२ प्रतिशत परिक्षार्थी उत्तिर्ण भएका छन् ।
परिक्षा नियन्त्रण कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार ७८ हजार ४ सय ५३ जना जना परीक्षार्थी एसएलसीको पूरक परीक्षामा उत्तीर्ण भएका हुन् । परीक्षामा १ लाख २० हजार ३ सय १७ जना परीक्षार्थी सहभागी थिए ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो श्रेणीमा २ हजार १, दोश्रो श्रेणीमा ५ हजार ९ सय ८६ र तेश्रो श्रेणीमा १७ हजार ३ सय ६६ जना उत्तीर्ण भएका हुन् । जम्मा ६८ जनाको परीक्षा रद्द भएको र २ सय ४४ स्थगित भएको छ ।