प्रेस युनियनको अध्यक्ष पदका लागी चार जनाको उमेद्वारी


सागर राज तिमिल्सिना
पोखरा,  भाद्र २२-

नेपाल प्रेस युनियनको आठौं महाधिवेशनको पोखरामा जारी रहेको छ । नयाँ नेत्तृवको लागी अध्यक्ष पदमा ४ जनाले उमेद्वारी दिएका छन् । अध्यक्षपदका लागी अध्यक्ष पदका लागी बद्री सिग्देल, शिव प्रसाद लम्साल, भुवन भट्ट र जुनार बाबु बस्नेतको उमेद्वारी परेको छ । त्यसै गरि बरिष्ठ उपाध्यक्ष पदका लागी ४ जनाको उमेद्वारी परेको छ भने खुल्ला तर्फको २ जना उपाध्यक्षका लागी ६ जनाको उमेद्वारी परेको छ ।
त्यसै गरि महासचिबमा ३ जनाको उमेद्वारी परेको छ । महिला उपाध्यक्षमा बाला अधिकारी, महिला सचिबमा दिपा आले, गण्डकी अञ्चल संयोजकमा टंक अधिकारी, धौलागिरी अञ्चल संयोजकमा ज्ञानेन्द्र गौतम, राप्ती अञ्चल संयोजकमा केपी घिमिरे, जनकपुर अञ्चल संयोजकमा रोशन न्योपाने र नारायणी अञ्चल संयोजकमा सञ्जय कार्की निविरोध भएका छन् ।

पोखरा सभागृहमा भैरहेको महाधिबेशनमा आफ्रनो प्यानललाई भोट माग्न व्यस्त देखिन्छ । हिजो देखि शुरु भएको महाधिबेशन नयाँ नेत्तृव चयन गर्दै आज सकिने प्रेस युनियनले जानकारी दिएको छ ।