जनसम्पर्क समिति स्पेनको मनोनयन दर्ता मिति परिबर्तन सेप्टेम्बर ८ मा उम्मेद्वारी दर्ता


बसन्त रानाभाट
बार्सिलोना ,भदौ २२-

नेपाली जनसम्पर्क समिति स्पेनको उम्मेद्वारी दर्ताको लागि मनोनयन दर्ता मिति परिबर्तन भएको छ ।
पहिले तोकोएको मिति सेक्टेम्बर ७ तारिकमा स्पेनमा अन्य कार्यक्रमहरु पनि आयोजना गरिएकोले ८ सेप्टेम्बर बिहान ८ बजे देखि १२ सम्मको लागि निर्बाचन कार्यतालिका परिबर्तन गरिएको हो।  मूल आयोजक समितिले उम्मेद्वारी दर्ता मिति सार्नका लागि एक सिफारिस पत्र निर्बाचन समितिलाई पठाउने निर्णय गर्दै कार्यतालिकामा हेरफेर हुने जनाएको छ ।

समितिको सेप्टेम्बर महिनाको नियमित बैठकले मतदान प्रक्रियामा सहभागी हुने मतदाताहरुको प्रथम मतदाता नामावाली मूल आयोजक समितिले निर्वाचन समितिलाई ८ सेप्टेम्बर उम्मेद्वारी दर्ता पुर्ब नै बुझाइने र अन्तिम मतदाता नामावली ११ सेप्टेम्बर राती ११ बजे निर्वाचन समितिलाई बुझाउने निर्णय गरेको छ । यता नयाँ कार्यसमिती चयनका लागि सहमति गर्ने प्रयास जारी रहेको छ । समन्वय समितिले सहमति गराउने प्रयास जारि राखे पनि अहिले सम्म मुख्यत अध्यक्ष पदको लागि सहमति हुन सकेको छैन । मनोनयन दर्ता मिति सरे पछि सहमतिको रस्साकस्सी झन् बढ्ने भएको छ । सहमतिको लागि समन्वय समिति, पदाधिकारी, अध्यक्षका दाबेदार लगायत समिति प्रति आस्थापन शुभचिन्तक बीच शनिबार साँझ ६ बजे देखि बिहान ६ बजे सम्म छलफल भएको थियो ।

स्रोतका अनुसार बरिष्ट उपाध्यक्ष शालीकराम डुम्रे र महामन्त्री बेदराम कडेल बीच मात्र सहमति हुन बाकि छ ।अर्का प्रतिस्पर्धी बिष्णु रिजाल यदी दुई बीच सहमति भई सस्थाको हितमा लाग्नुहुन्छ भने समितिले दिएको जिम्मेबारी मान्न तयार छु भन्ने मनस्थितिमा पुगी सकेको स्रोतको दाबि छ ।यद्दपी रिजालले भने आफ्नो दाबी जारी रहेको नेपाली नेपाली डटकमलाई बताउदै आएका छन् । मनोनयनको प्रक्रिया लम्बिएकोले सहमतिको सम्भाबना पनि उत्तिकै रहेको जानकारहरु बताउछन् । यदी सहमति भए बरिष्ट उपाध्यक्ष डुम्रे सर्बसहमत अध्यक्ष बन्ने बलियो सम्भावना रहेको छ ।
सेप्टेम्बर १५ तारिक बार्सिलोनामा हुने समितीको चौथो अधिबेशनका लागि पुष्प राज भण्डारीको संयोजकत्वमा बिनोद लामिछाने र नारायण पौडेल सदस्य रहने गरी तिन सदस्यीय निर्वाचन समिती समेत गठन गरेको छ ।

यसैबीच समितिका अध्क्षय चिन्तामणि सापकोटाको अध्यक्षतामा बसेको नियमति बैठकले अविरल बर्षाले पहिरो र बाढीबाट देशमा धनजनको क्षति भएकोमा गहिरो दुख प्रकट गर्दै ज्यान गुमाउने प्रति मृत आत्माको चिर शान्तिको कामनाका साथ समबेदना प्रकट गर्दै बाढी पिडितको लागि आर्थिक संकलन गर्ने भएको छ। नेपाली कांगेस केन्द्रीय कार्यलयले पठाएको पत्र माथि छलफल गर्दै कोषाध्यक्ष इन्द्र प्रसाद शर्माको संयोजकत्वमा गठित संकलन समितिमा चिन्तामणी सापकोटा,पुष्पराज भण्डारी, बेद राम कंडेल,दिर्घ नारायण रेग्मी,र बिनोद लामिछाने सदस्यहरु रहेका छन्।
नेपाली जन-सम्पर्क समितिहरु सबैको अंग्रेजीमा नामाकरण एक रुपता रहने गरि केन्द्रले पठाएको पत्र प्रति छलफल गर्दै समितिको अग्रेजी नाम Nepalese Peoples Coordination Committee रहने जानाकारी गराउदै निर्णय गरेको छ ।