गायक विनोद बानिया अब रेष्टुरेण्ट व्यवसायी


पोखरा, २२ भाद्र

गायक विनोद बानिया अब रेष्टुरेण्ट व्यवसायी पनि बनेका छन् । बानियाले अन्य साथीहरु सगँ मिलेर पोखराको महेन्द्रपुलमा मेलोडी क्याफे एण्ड लन्जबार सन्चालनमा ल्याउने तयारी गरेका छन् ।

melody cafe & lounge bar गायक विनोद बानिया अब रेष्टुरेण्ट व्यवसायी

करिब ८० लाखको लगानीमा सन्चालन हुन लागेको रेष्टुरेण्टमा साझँ साङ्गितिक कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिने सन्चालक विनोद बानियाले जानकारी दिए । बानिया बाहेक अशोक कुमार गुरुङ्ग, गणेश बस्यौला, साकार शेरचन सन्चालक रहेका छन् । दिऊसो रेष्टुरेण्ट विभिन्न परिकारका खाजा र साझँ गित संगितका साथ खाजा र खाना खान पाइने बानियाले बताए ।

उनले ठुलो पार्टिहरु गर्न पनि उपयुक्त हुने बताए । करिब ७० जना एकै पटकमा बस्न र खाना सकिने बताए । साझँ रामभक्त जोजुजी, इथुपल, मालती गुरुङ्ग, विनोद बानिया लगाएतका कलाकारले साङ्गितिक मनोरञ्जन दिने छन् । बानिया यस अगाडी करिब १० वर्ष पहिले देखि अपन हाउसमा कार्यरत थिए । रेष्टुरेण्ट आइतबारबाट सन्चालनमा आउने भएको छ ।