पोउवा संघको अध्यक्षमा थापा विजयी कार्यसमितिमा थापा पक्षका ८ विजयी, पदाधिकारी पनि चयन


माधव बराल
पोखरा, २२ भदौं
पोखरा उद्योग बाणिज्य संघको ३० औं महाधिवेशनबाट अध्यक्षमा विन्दुकुमार थापा विजयी हुनु भएको छ ।आज भएको निर्वाचनमा थापाले प्रतिष्पर्धी संजीवबहादुर कोइरालालाई २ सय ५९ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित हुन भएको हो । कोइराला र थापा नाताले ज्वाइ जेठान हुन । थापाले १ हजार १ सय ४६ मत ल्याउनु भएको थियो भने कोइरालाले ८ सय ८७ मत पाउनु भयो । यसअघि २९ औं महाधिवेशनमा थापाले कोइरालालाई समर्थन गर्दै अध्यक्षको उम्मेदवारी फिर्ता लिएका थिए ।

कार्यसमितिको सदस्यमा भएको निर्वाचनमा थापा प्यानलबाट चुनाव लडेका ८ जना विजयी भएका छन् भने कोइराला पक्षका ६ जना विजयी भएका छन् ।चुनाव लडेको नयाँ सदस्य मध्ये सिता गुरुङ मात्र विजयी हुनु भएको छ । थापालाई आज नै निर्वतमान अध्यक्ष संजीवबहादुर कोइरालाले सपथ ग्रहण गराउनु भयो भने सदस्यलाई थापाले सपथ ग्रहण गराउनु भएको थियो ।

निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा २ हजार ४८ मत, सदस्यमा २ हजार ७ र एसोसिएटमा ४१ मत खसेको थियो । सदस्यमा देव क्षेत्री १ हजार ५ सय ४५, प्रकाशदेव पालिखेले १ हजार २ सय ९६ हिरा भट्टराई १ हजार २ सय ८६, नारायाण कोइराला १ हजार २ सय ५०, रविन्द्रबहादुर प्रजु १ हजार २ सय ७५, दामु अधिकारी १ हजार २ ६८, सिता गुरुङ १ हजार २ सय ५९, विश्वशंकर पालिखे १ हजार २ सय ३९, मिनराज काफ्ले १ हजार २ सय ३८, दिलिपराज श्रेष्ठ १ हजार २ सय २२, ईश्वरप्रसाद कर्माचार्य १ हजार २ सय २१, विन्दु कोइराला सुवेदी १ हजार २ सय १३,पवन प्रजापति १ हजार १ सय ४ र दिलिप सुवेदी १ हजार ४० मत ल्याएर विजयी हुनु भएको छ । थापा प्यानलबाट देव, प्रकाश, रविन्द्र, सिता, मिन, दिलीप श्रेष्ठ, विन्दु र पवन विजयी भएका छन् भने कोइराला पक्षका विश्वशंकर, हिरा, नारायण,इश्वर, दामु र दिलीप सुवेदी विजयी भएका हुन् ।

सदस्यमा उम्मेदवारी दिएका रामबहादुर बसेल ९ सय ५९, अनिल सिग्देल ८ सय ४२, अमृत पोख्रेल ४ सय ३३, गिरधारी शर्मा ६ सय ९८, जनकराज पराजुली ८ सय ८०, देवकृष्ण काफ्ले ६ सय ८२, धनिराम बराल ८ सय ३६, धु्रवराज बराल ३ सय ८०, नारायण पौडेल ४ सय ४०, पुष्पराज पराजुली ७ सय ७८, बलराम पहारी ८ सय ८६, मंगल नेपाली ७ सय ६१, हरिराज पन्त ६ सय २५ ल्याएका थिए ।एसोसियट सदस्यमा अर्जुन पोखरेल विजयी भएका छन् । ४१ मत खसेकोमा दुवै जना पोख्र्रेल र अम्मरबहादुर केसीले २०÷२० मत र एक मत बदर भएपछि गोला प्रथा गर्दा पोख्रेल विजयी भएका हुनुभएको हो ।

यसैबीच पोखरा उद्योग वाणिज्य संघको नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले पदाधिकारी पनि चयन गरेको छ । पदाधिकारीमा प्रथम उपाध्यक्ष देव क्षेत्री, द्धितिय उपाध्यक्षमा मिनराज काफ्ले, महाचिव रविन्द्रबहादुर प्रजु, उपमहासचिव प्रकाशदेव पालिखे र कोषाध्यक्षमा दिलिपराज श्रेष्ठ चयन हुनुभएको छ ।
अध्यक्षमा निर्वाचति थापाले सबै व्यवसायीलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले चुनावको बेला देखिएको गुट उपगुटलाई आउँदा दिनमा निरुत्साहित पार्दै एकतावद्ध रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसअघि पुर्व अध्यक्षहरु पनि विभावित भएर वक्तव्य बाजीमा उत्रीएका साथै मतदान हुने दिन पनि दिनभर लविङमा खटिएका थिए ।

पोखरा उद्योग बाणिज्य संघका एक सदस्यका अनुसार पुर्व अध्यक्ष आनन्दराज मुल्मी, अशोक पालिखे लगायतकाहरु यसरी खटिएर पहिलो पटक मत मागेका हुन् । मुल्मी थापा र पालिखे कोइरालाको पक्षमा मत मागेका थिए भने अन्य पूर्व अध्यक्षहरु कृष्णमोहन पनि आफुले समर्थन गरेको उम्मेदवारलाई मत माग्न लागि परेका थिए । यो चनावमा कोइराला र थापाको प्रतिष्पर्धा भन्दा पनि पालिखे र मुल्मीको प्रतिष्ठाको लडाइको रुपमा आम उद्योगी व्यवसायीले हरेको एक सदस्यले बताए