दोभिल्लामा स्थानीय भेला सम्पन्न


पोखरा ,भदौ २२ गते

पोखरा उपमहानगरपालिका १७ दोभिल्लामा सेती र फुर्से खोलाले कटान गर्ने क्रम नरोकिएपछि आज दोभिल्लामा स्थानीयवासीको भेला सम्पन्न भएको छ ।

सोही भेलाले वीरभद्र आचार्यको अध्यक्षतामा दोभिल्ला वचाउ जोखिम व्यवस्थापन समिति गठन गरेको छ । समितिका अध्यक्ष वीरभद्र आचार्यले दोभिल्ला वचाउ अभियान शुरु गर्ने वताउँदै राज्य स्तरवाट सम्वोभन गर्न नसके भोली दोभिल्ला दोभिल्ला नरही नदीको वगरमा परिणत हुनसक्ने वताउनु भयो ।

नदिले कटान गर्ने क्रम नरोकिएको र नदि किनारमा लगाएको जाली ढुङ्गा सवै नदिले वगाएकोले अव नदि वस्तीमा आउन १० मिटर पनि नरहेको समितिका सचिव कमल मोहनले जानकारी दिनुभयो ।

दुवै नदिको कटानका कारण उच्च जोखिममा प्रगतीटोल देखि दोभिल्लासम्म ७० घरधुरीसँगै सहारा एकेडेमीको खेलमैदान , सरकारी पार्क लगायत सहारा चर्च रहेका छन् ।