मेरोनेपाल कप सेभेन–ए–साइड फुटबल प्रतियोगिताको तयारी


पोखरा, २२ भदौ
बडा दसैँको अवसर पारेर मेरो नेपाल युवा क्लब पोखरा–१४ मझेरीपाटनको आयोजनामा यही असोज ८ देखि ११ गतेसम्म सञ्चालन हुने मेरो नेपाल कप सेभेन–ए–साइड फुटबल प्रतियोगिताको चौथो संस्करणको तयारी तीव्र बनेको छ।
रामेश्वरी उमाविको खेल मैदानमा हुने सो प्रतियोगिता सम्पन्न गर्न बैठकले सहयोग कमिटीसहित विभिन्न उपसमिति गठन गरेको छ। सहयोग कमिटीको संयोजकमा समाजसेवी एवं पूर्व पोखरा उप–महानगरपालिकाका मेयर भीमसेन थापा रहेको क्लबका अध्यक्ष हरि जिसीले जानकारी दिए।
उपसमितिअन्तर्गत अर्थ सड्ढलन उपसमितिको संयोजकमा राजु गुरुङ, प्रचार–प्रसार उपसमितिको संयोजक पृथ्वी कुँवर, ध्वनि तथा मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा नवीन बराल, कार्यक्रम तयारी उपसमितिको संयोजकमा कमलराज ढुड्डाना, टीम व्यवस्थापन उपसमितिको संयोजक सन्दीप कुँवरर निराज खडका, शान्तिसुरक्षा व्यवस्थापन उपसमितिको संयोजकमा ज्ञानबहादुर सिके रहेका छन्।
यस्तै मैदान व्यवस्थापन उपसमितिको संयोजकमा हरिबहादुर थापा, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा कर्णबहादुर गुरुङ ‘किसान’, प्राथमिक उपचार व्यवस्थापन उपसमितिको संयोजकमा सरिता थापा, अतिथि सत्कार उपसमितिको संयोजकमा सर्मिला कार्की र सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमतिको संयोजकमा राजुकुमार थापा रहेका छन्।
करिब ५० टीमको सहभागिता रहने अनुमान गरिएको सो प्रतियोगिताको विजेता टीमलाई नगद ८८ हजार आठ सय ८८, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता टीमलाई नगद ५५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरिने अर्थ संयोजक राजु गुरुङले जानकारी दिए।
यसैगरी अनुशासित टीम, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि आकर्षक पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक दिवस कुँवरले जानकारी दिए।