पोखरामा अमृत घ्यु कुमारी जुस


भाद्र २२, पोखरा
पोखराको बजारमा नया जुसको बिक्री बितरण शुरु भएको छ । प्राइम बचत तथा सहकारी संस्था लिमिटेडको लगानीमा बाकस एग्रोगेट एण्ड इण्डष्ट्रिज प्रा लिले घ्यु कुमारीको जुस उत्पादन गरि बिक्री बितरण शुरु गरिएको हो ।
पोखरामा उत्पादन बारे जानकारी दिने उद्धेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अनिल जोशीले नेपालमै सबैभन्दा बढि उत्पादन क्षमताको मेसिन स्थापना गरि सञ्चालन गरिएको उद्योगबाट हालका लागि १ लिटरको अमृत घ्यु कुमारीको नाममा बजारमा ल्याइएको बताउनुभयो ।
उक्त अवसरमा जोशीले घ्यु कुमारीको जुस स्वास्थ्यको लागि अति नै लाभदायक रहेको र यसले उच्च रक्तचाप, मधुमेह, एलर्जी, पायल्स, पित्तथैलीको पत्थरी, मृगौला, कलेजो, ग्याष्ट्रिक जस्ता रोगलाई नियन्त्रण गरि स्वास्थ्यमा फाइदा पुर्याउने जानकारी गराउनुभयो । बजारमा हालै आएको यस जुसको बजार मुल्य सात सय उनान्सय रुपैया तोकिएको छ