पोखरेली दोहोरी गायक सुवेदी र आर्चायलाई अवार्ड


राजाराम पौडेल

पोखरा, २१ भदौ-
तेस्रो राष्ट्रिय लोकदोहोरी अवार्डमा सर्वोत्कृष्ट लोक दोहोरी साँझ गायक २०७० विधाको अवार्ड पोखरेली लोक दोहोरी गायक तारापति  सुवेदीले जितेका छन् । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति काठमाण्डौले आयोजना गरेको अवार्ड कार्यक्रममा अन्य गायकलाइ्र्र पछाडी पार्दै उनले अवार्ड जितेका हुन् ।

त्यसो त यो विधामा मनोनयनमा परेका प्रतिक्ष्ठान गण्डकीका अध्यक्ष एवंम दोहोरी गायक जिवन दाहालले समेत सुवेदीले नै अवार्ड पाउनुपर्ने भन्दै सघाएका थिए । यस्रैगरी पोखरेली संगीतकर्मी तारानाथ आर्चायले सर्वोत्कृष्ट दोहोरी संगीत संयोजक २०७० तर्फको अवार्ड हात पारेका छन् । पचाश प्रतिशत भोटिङ र पचाश प्रतिशत जुरी निर्णायकको निर्णयको आधारमा उत्कृष्ट छनोट गरिएको थियो । प्रतियोगीतामा १९ विधाका लागि ९५ जना कलाकारका विच प्रतिस्पर्धा भएको थियो ।

तेस्रो पटक भएको अवार्ड वितरण कार्यक्रममा सर्वोत्कृष्ट एल्बम, सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट गायीका, सर्वोत्कृष्ट शब्द, सर्वोत्कृष्ट लय, सर्वोत्कृष्ट नव गायक, सर्वोत्कृष्ट नव गायीका, सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायीका, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट छायाकार, सर्वोत्कृष्ट रेकडिस्ट, सर्वोत्कृष्ट संगीत संयोजन, सर्वोत्कृष्ट क्यामेरामेन लगायतका विधामा अवार्ड वितरण गरिएको हो । यसैगरी लाईफ टाईम अचिभमेन्ट अवार्डबाट जनकवि केशरी धर्मराज थापा र सदाबहार गीत तर्फ सिन्धुली गढी घुमेर हेर्दा लाई पुरस्कार वितरण गरिएको थियो ।