राजनिती हावी भएकाले विश्वविद्यालयको शिक्षा विग्रियो अनुदान आयोगकासदस्य सचिव –पोखरेल


शिशिर पौडेल
पोखरा २१ भदौ-
विश्व विद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. भोलानाथ पोखरेलले विश्व विद्यालयमा राजनिती गर्ने प्रवृति हावी भएको स्वीकार गर्नुभएको छ ।
पोखरा १६ बाटुलेचौरमा रहेको विन्धबासिनी क्याम्पसको चौथो साधारण सभाको उद्धघाटन गर्दै उहाँले राजनितिक चलखेल र समय अनुशारको पाठ्यक्रम नहुदा विश्व विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको बताउनुभयो ।

शिक्षामा लगानी बढाउन भन्दा राजनिती गर्न दलहरु हानथाप गर्नै भएका कारण देशभरका आङगिक क्याम्पसको नतिजा सन्तोष जनक नभएको दावी गर्नुभयो । राजनिति गर्नुभन्दा संस्थाको सुधार र पा्ठयक्रमको् विकासमा सहयोग गर्नुहोस पोख्रेलले भन्नुभयो दलहरुको ध्यान नियूक्ति र राजनिती गर्नमा केन्द्रित भयो । उच्च शिक्षालाई मर्यादित बनाउन निती तय भएपनि त्यस कार्यान्वयन गर्न सरकार गम्भिर नभएको बताउदै पोख्रेलले शिक्षाको बजेट घटाएर सरकार बेजिम्वेवार बनेको बताउनु भयो । एक अर्को प्रसङगमा उहाँले आयोगको कार्यकक्षमा बसेर देशभरका आङगीक तथा सामुदायीक क्याम्पसको अवस्था थाहा नहुने बताउनु भयो । आयोगले अब देखि नियमिति रुपमा शैक्षिक र भौतीक अवस्थाको अनुगमन गर्ने उहाँको भनाई छ ।
शिक्षण संस्थाको स्तरोन्नती मात्र गरेर नहुने बताउदै उहाँले पछिल्लो प्रविधीलाई भित्रायर उपयुक्त शिक्षा दिन सुझाव दिनुभयो ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा. देवेन्द्र बहादुर लामिछानेले क्याम्पसको शैक्षिक भौतीक विकासका लागी स्थानीय बासीको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
क्यम्पस प्रमुख नरहरी भट्टराइले क्याम्पसमा स्नोतकोत्तर तहको कक्षा संचालनको लागी प्रकिया अघि बढाएको बताउनु भयो । उहाँले क्याम्पसको आर्थिक र शैक्षिक गतिविभीको जानकारी गराउनु भएको थियो ।क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ अधिकारी प्यासीको अध्यक्षतामा भएको कार्यक्रममा क्यामपसका सिनेट सदस्यलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
त्यस्तै स्नातक तह व्यवस्थापन संकायका उत्कृष्ट विद्यार्थी हरिकला आचार्य, विनिता पौडेल, ओमकार थापा, विकास आचार्यलाई प्रमुख अतिथि पोखरेल,पृथ्वीनारायण क्याम्पस प्रमुख प्रा.डा.देवेन्द्र बहादुर लामिछाने,गण्डकी आवाशीय उच्च माविका रवि प्रसाद बराल,विन्धवासीनी उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष नरनाथ भट्टराई, पश्चिमाञ्चल क्याम्पसका प्रमुृख नारायण गौतमले पुरस्कार वितरण गर्नुभएको थियो । त्यस्तै क्याम्सप प्रमुख नरहरी भट्टराईद्धारा स्थापित नरहरी ट्रष्ट अर्वाडबाट श्रीराम अधिकारी सम्मनित भएका छन ।
कार्यक्रममा उपप्राध्यापक भोज बहादुर थापा, विन्धवासीनी क्याम्पस भूतपूर्व विद्यार्थी मंचका अध्यक्ष विकास आचार्य,विद्यार्थी ओमकाजी थापा, विन्धवासिनी उच्च माविका प्राचार्य खिमलाल अधिकारी लगायतले बोल्नु भएको थियो ।