जनसम्पर्क समिती स्पेनको नेतृत्वको लागि सहमति गर्ने आज अन्तिम दिन,अध्यक्षमा २ जना भिड्ने संकेत


बसन्त रानाभाट

बार्सिलोना ,भदौ २१

– नेपाली जनसम्पर्क समिती स्पेनको नयाँ कार्यसमिती चयनका लागि सहमति गर्ने प्रयास जारी रहेको छ। छलफलबाट सहमती हुन नसके भोलि साँझ ५ बजे देखि साँझ ७.३० भित्र मनोनयन दर्ता गर्नु पर्ने निवार्चन कार्यतालिकामा उल्लेख छ।

समितिको चौथो अधिबेशन सफल पार्न कार्यसमिती रहने गरी बनेको मूल आयोजक समन्वय समितिले सहमति गराउने प्रयास जारि राखेको छ । मुख्यत: समितिका बरिष्ट उपाध्यक्ष शालीकराम डुम्रे ,महामन्त्री बेदराम कडेल र सल्लाहकार बिष्णु रिजालले आगामी कार्यकालको अध्यक्ष पदका लागि दाबी गरेका हुन् ।

तर छलफलका क्रममा यदी सहमति हैन भने अध्यक्षमा हाम्रो पनि दाबि छ भन्दै अन्य तिनले पनि दाबी गरेको स्रोतले बतायो । यसरी दाबी गर्नेमा सल्लाहाकार पदम दबाडी ,कोषाध्यक्ष ईन्द्र शर्मा र सन्तोष श्रेष्ठ रहेको बुझिएको छ । छलफलको क्रम तिब्र रहेको र यदी सहमति नभएर निर्बाचनमा जानै परे दुई जना बिच मात्र प्रतिस्पर्धाको सम्भाबना बढेको छलफलमा सहभागीहरु बताउछन् ।

नेपालीनेपाली डटकमले समितिको छलफलमा जुटेका केहि सहभागीहरुसँग गरेको कुराकानीको आधारमा बरिष्ट उपाध्यक्ष डुम्रे र महामन्त्री कडेल वा सल्लाहकार रिजाल बीच प्रतिस्पर्धा हुने देखिएको छ । यदी निर्बाचनमा जानै परे रिजाल भन्दा कडेलले डुम्रे सँग प्रतिस्पर्धा गर्ने सम्भावना बढी रहेको जानकारहरु बताउछन् ।

अर्को तर्फ मनोनयनको प्रक्रिया भोलि साझ सम्म रहेकाले सहमतिको सम्भाबना पनि उत्तिकै रहेको बताईन्छ । यदी सहमति भए बरिष्ट उपाध्यक्ष डुम्रे सर्बसहमत अध्यक्ष बन्ने सम्भावना बलियो रहेको छ । सहमतिका लागि अध्यक्ष चिन्तामणी सापकोटा संयोजक रहेको समन्वय समितिले निक्कै प्रयास गरिरहेको बुझिएको छ। छलफलमा आज समन्वय समितिले बिशेष खाका प्रस्तुत गर्दै छ । उक्त समितिका सदस्यहरुमा पुष्प राज भण्डारी,एक राज गिरी,अनिल गुरुङ ,बिनोद ढकाल र उमेश अधिकारी रहेका छन् ।

अध्यक्षका दाबेदार डुम्रेले समन्वय समितिले प्रस्तुत गर्ने खाकामा आफु पूर्ण सहमत हुने बताए। उनले भने मैले समर्थन गर्ने उमेद्वार कोहि पनि छैन । जनसम्पर्क समिति प्रति आस्थाबान शुभचिन्तकहरुको भावाना र मर्म अनुसार समन्वय समितिले ल्याएको खाका मान्य हुने उनले बताए।

अर्का दाबेदार कडेलले भने समन्वय समितिले छलफलको प्रयास गरिरहेकोले आफु सकारात्मक नै रहेको बताउछन्। केहि ठोस खाका सहित फेरि छलफल हुदैछ यसबाट कुनै निचोड निस्कनेमा बिश्वस्त रहेको बताए। नेपालीनेपाली डटकम ले यदी सहमति भएन र निर्बाचन हुने भए अध्यक्ष छाड्ने हो भनी गरेको प्रश्नमा महामन्त्री कडेल भन्छन अहिले सम्मको मेरो निर्णय दाबी नै हो ।

तर अर्का दाबेदार रिजालले भने केहि खुलासा गरेका छन् । उनले भने आफु अध्यक्षमा निर्बाचन नलडे एजेण्डामा आधारमा मेरो समर्थन कडेललाई रहने सम्भाबना छ । म अहिले नै भन्दिन कि चुनाब नै लड्दिन यदी लडे भने बरिष्ट उपाध्यक्ष वा उपाध्यक्षमा हैन अध्यक्षमा नै लड्ने छु । मलाई समर्थन गर्ने साथीहरुलाई उचित सम्मानका साथ लिएर जाने छु ।

आगामी सेप्टेम्बर १५ तारिक बार्सिलोनामा हुने समितीको चौथो अधिबेशनका लागि पुष्प राज भण्डारीको संयोजकत्वमा बिनोद लामिछाने र नारायण पौडेल सदस्य रहने गरी तिन सदस्यीय निर्वाचन समिती समेत गठन गरेको छ । निर्वाचन समितीले अाचार संहिता पनि सार्वजनिक गरि सकेको छ ।

नोट:- निर्वाचन समितीले जारि गरेको अाचार संहिता नेपालीनेपाली डटकमलाई प्राप्त नभएकोले राख्न असमर्थ छौ।