सविधान निमार्णमा प्रेसको दवावमूलक भुमिका आवश्यक- नेता देउवा


सागर राज तिमिल्सिना
पोखरा, २१ भदौ-

नेपाली कांग्रेसका वरिष्ठ नेता शेर वहादुर देउवाले प्रजातान्त्रिक मूल्य र मान्यताका लागि लामो समयदेखि संघर्षरत प्रेस जगतले नयां संविधान जारी गर्न पनि दवावमूलक भूमिका खेल्नु पर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियनको आठौं महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै देउवाले माघ ८ गते भित्र नयां संविधान जारी गर्न  सहमति जुटाउने अन्तिम प्रयास भईरहेको बताए ।

संविधानका विवादित विषयमा अधिकतम लचकताका साथ छलफल गरिने र सहमति हुन नसकेका विषयलाई संविधानसभामा पठाउने उनको जिकिर थियो । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली कांग्रेसप्रति जनताको ठूलो आस्था र भरोसा रहेको चर्चा गर्दै मुलुकको उन्नति र प्रगतिको जिम्मेवारी कांग्रेसकै कांधमा आएकोले पार्टी ठिक ढंगले प्रस्तुत हुनु पर्ने बताए ।

उपसभापति पौडेलले कलमजीवीहरुको कलम सही ढंगले चल्यो भने मात्रै राष्ट् प्रगतिको वाटोमा लम्कन्छ उनको भनाई थियो । सूचना तथा संचार मन्त्री डा . मिनेन्द्र प्रसाद रिजालले सूचना तथा प्रशारण नीति छिट्टै ल्याउन सरोकारवालाहरु संग छलफल थालिने जानकारी दिए । उनले प्रेस जगतको दवाव सृजनावाट पनि तोकिएकै मितिमा नयां संविधान जारी हुन सक्ने विश्वास व्यक्त गरे । नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष वद्री सिग्देलको अध्यक्षतामा भएको थियो । भोली सम्म चल्लने महाधिबेनमा भागलिन युनिय सम्बध पत्रकारहरु पोखरा पुगेका छन् । नयाँ नेत्तृत्व चयन गर्दै अधिबेसन सम्पन्न हुने छ ।

तस्विर ः सुर्दशन रन्जित