युक्रेन तथा क्रेमलिन समर्थक विद्रोहीबीच भएको युद्धविराम लागु


किभ, भदौ २१ –

युक्रेन तथा क्रेमलिन समर्थक विद्रोहीहरूले शनिबार उनीहरूबीच भएको युद्धविराम पालना गरेको देखिएको छ । यसले पाँच महिनासम्म चलेको रक्तपात अन्त्य गराउनसक्नेछ । यसो भए पनि पश्चिमी मुलुकले रसियामाथि प्रतिबन्ध बढाएका छन् र युक्रेनको पूर्वी भागमा देखिएको पृथकतावादी अभियान रोकिने कुनै सङ्केत देखिएको छैन ।

शुक्रबार बेलारुसको राजधानी मिन्स्कमा १२ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । यसलाई क्रेमलिन तथा किभले समर्थन जनाएका छन् । अप्रिल महिनामा रसियाली भाषा बोल्ने लडाकूहरूले युक्रेनको औद्योगिक क्षेत्रमा सरकारी भवनहरू आफ्नो नियन्त्रणमा लिएका थिए ।
यस विषयमा पश्चिमी नेताहरूले ध्यान दिएका छैनन् र उनीहरूले विद्रोहीलाई सहयोग गरेको भनी रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई दण्डित गर्न चाहन्छन् र रसियामा राज्यद्वारा सञ्चालित सबैभन्दा महत्वपूर्ण संस्थामा प्रतिबन्ध लगाएका छन् । रासस-एएफपी