कास्की लेखनाथमा ठुलो परिमाणमा अवैध मदिरा बरामद गरी नष्ट


लेखनाथ भदौ २१ –
शिशुवा प्रहरी चौकी लेखनाथ कास्कीले ठुलो परिमाणमा अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय हंसपुर मातहत रहेका प्रहरी चौकीले नगरका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरेका थिए । प्रहरी चौकीले एक हजार एक सय ११ लिटर तयारी मदिरा र १ हजार ६ सय ७५ हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको हो ।
प्रहरी चौकी गगनगौडा, जनताको चौतारा, हंसपुर, सुन्दरी डाँडा लगायतका स्थानबाट प्रहरीले अवैध घरेलु मदिरा बरामद गरेको हो । कास्की प्रहरीले अवैध मदिराका विरुद्ध अभियान संचालन गरेपछि शिशुवा प्रहरी चौकीले पनि यो अभियानलाई साथ दिएको हो । घरेलु मदिरा सेवनका कारण समाजमा बिकृती बढेको भन्दै प्रहरीले यो अभियानलाई अघि वढाएको डाँडाको नाक प्रहरी चौकीका इन्र्चाज प्रहरी निरिक्षक गंगाबहादुर थापाले जानकारी दिए । प्रहरीले पत्रकार, स्थानीय वुद्धिजिवि, राजनितिक पार्टी लगायतको उपस्थितिमा बरामद गरिएको मदिरा नष्ट गरेको हो ।

Raxi-04-390x351Raxi-08-390x351Raxi-07-390x351Raxi-03-390x351Raxi-091-390x351