पर्यटकिय शहर पोखरामा महिला उद्यमीहरु बढ्ने क्रममा


पाेखरा ,२१ भदौ-
पर्यटकिय शहर पोखरामा महिला उद्यमीहरु बढ्ने क्रम जारी रहेको छ । टिका रिसोर्टमा आवद्ध रहेर व्यवसायीक छवि बनाउँदै आएकी संगिता पौडेलले टिकाज् अर्गनाइजेशन अन्तर्गत आँगन क्याफे रेष्टुरेण्ट एण्ड नेपाली भान्छा घर संचालनमा ल्याएकी छिन् । शुक्रबार पत्रकार महिलाहरुमाझ लेकसाइडको खहरेमा आँगन रेष्टुरेण्ट र आफ्नो व्यवसायीक करियरको बारेमा जानकारी दिदै उनले भनिन् ‘जब सम्म श्रीमानसँग पैसा मागेर हिड्नुपर्छ तबसम्म महिलाहरुको आर्थिक स्तर बढ्न सक्दैन आफुले कमाउन सके खर्च गर्ने अधिकार पनि स्वयंमा हुने भन्दै हरेक महिलाको प्रगतिको साझेदार पुरुष हुने बताइन् ।’
नेपाल जेसिसकी केन्द्रिय उपाध्यक्ष समेत रहेकी संगिताले आफ्नै रिसोर्टमा कार्यरत एकाउण्टेण्ड रुमा छन्त्याललाई समेत व्यवसायीक पार्टनर बनाएकी छिन् । झण्डै ४५ लाखको लगानीमा संचालनमा ल्याएको सो रेष्टुरेण्टमा सबै कर्मचारी पनि महिलानै राख्ने सोचमा छिन् अहिले कुक बाहेक सबै महिला कर्मचारी राखेकीउनले कुकमा पनि महिलाको खोजि गरीरहेकी छिन् । साझेदार रुमाले हरेक ठाउँमा जागीरे भनेपछि त्यसैमा मात्र सिमित गरीन्छ तर अहिले आफै कार्यरत संस्थाको एउटा लगानीकर्ता बन्न पाउँदा एकदमै खुशी लागेको बताइन् ।
टिका रिसोर्टका संचालक एवं पर्यटन व्यवासायी टिका पौडेलले महिलाहरुलाई स्वतन्त्र रुपमा अगाडि बढ्ने वातावरण बनाइदिए छिट्टै प्रगति गर्ने बताए । हामीले बाटो खुला गरीदिनु पर्छ महिलाहरु आफै सक्षम हुदै जान्छन् । अधिकारको कुरा र भाषणमा अल्झिएर भन्दा व्यवसायीक करियरबाट आर्थिक क्रान्तिको बाटोमा महिलाहरु लाग्नु पर्ने सुझाव समेत दिए । नारी सेवा समितिक् अध्यक्ष एवं महिला उद्यमी सिता बरालले व्यवसायमा महिलाहरुका लागि चुनौति भएपनि आत्मविश्वासका साथ अघि बढ्न सके सफल भइने बताइन् ।
कार्यक्रममा पत्रकार सुस्मा पौडेल, जमुना वर्षा, कृपा भण्डारी, कविता श्रेष्ठ, इश्वरी पौडेल, उमा आले , राधिका कँडेलले शुभकामना दिएका थिए ।