आजको राशिफल ,२०७१ साल भाद्र २१ गते शनिबार


राशिफल लेखक/युवा ज्योतिषी – हरि पन्त

आजको पञ्चाङ्ग
आज मिति २०७१ साल भाद्र २१ गते शनिबार, तदनुसार सिताम्वर ६ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको द्वादमी तिथि २३ घटि १८ पला अर्थात दिनमा ३ बजेर ०४ मिनेटसम्म त्यस उप्रान्त त्रयोदशी तिथि लाग्नेछ । आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा मकर राशि अहोरात्र रहनेछ । आज दिनमा ३१ घटि २२ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४५ मिनेटमा यम मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर १९ मिनेटमा हुनेछ ।
आजको राशिफल

10574407_786949601357670_1998935915222540781_n
मेष ः व्यापार व्यवसायमा घाटा, आफन्तले नै विरोध गर्ने, काम अधुरा रहनेछन्, स्वास्थ्य राम्रै रहेपनि मनमा अशान्ति हुने।
वृष ः दाजु भाइमा मनमुटाव हुन सक्ने, धन हानीको योग रहेकोछ, अपजस आइ लाग्ने, मानसिक असन्तोष हुने ।
मिथुन ः आफन्तसँग झगडा हुने, कार्यमा विध्नबाधा आइलाग्ने, पेट वा कम्मर रोगले सताउनेछ, सतर्क हुनुहोला ।
कर्कट ः आरोग्यता, एक्कासि धनलाभ हुन सक्ने, इष्टत्रिसँग भेटघाट हुनेछ, कार्यमा सफलता मिल्नेछ, दिन राम्रो छ ।
सिंह ः गुमेको धन हातलाग्ने, पारिवारिक सहयोग पाइने, यश कीर्ति बढ्ने, पढाइमा मनजाने दिन राम्रो छ ।
कन्या ः मानसिक पीडा थपिनेछ, प्रेममा बिछोड हुन सक्नेछ, आयश्रोत घट्ने, पारिवारिक झमेला हुनसक्ने ।
तुला ः शोक पर्ने समाचार सुन्नुपर्ला, एक्कासी विवाद पर्ने, नकारात्मक सोचाइले शत्रु वृद्धि हुने सतर्क हुनुहोला ।
वृश्चिक ः शत्रुमाथि विजय, घरमा नयाँ चहलपहल, धनलाभ, सबै काममा सफलता, समयको सदुपयोग गर्नुहोला ।
धनु ः समाजमा झगडा बढ्नेछ, इज्जतमा आँच आउने, मन चञ्चल रहनेछ, पेट रोग लाग्ने, सतर्क रहनुहोला ।
मकर ः विद्यामा प्रगति हुनेछ, प्रेम प्रसङ्ग सफल रहनेछ, यात्रा फलदायी, आर्थिक वृद्धि हुन सक्ने, दिन शुभ छ ।
कुम्भ ः यात्रा असफल, खानामा गडबढी हुन सक्ने, कार्य अधुरा रहनेछन, छोराछोरीले सताउने, वायू रोगले सताउने ।
मीन ः धन प्राप्ति, सबै प्रकारको कार्यमा सफलता, हर्ष र खुशीका समाचार सुन्नुपर्ला, साथीभाइको सहयोग पाइने ।

आजको साइत ः आज दक्षिण दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

आजको शुभ, लाभ र अमृत बेला ः आज २०७१ साल भाद्र २१ गते शनिबार बिहान ५ः४५ बजेदेखि ७ः१५ बजेसम्म काल बेला, बिहानमा ७ः१५ बजेदेखि ८ः४५ सम्म शुभ बेला, बिहानमा ८ः४५ बजेदेखि १०ः१५ बजेसम्म रोग बेला, बिहानमा १०ः१५ बजेदेखि ११ः४५ बजेसम्म उद्वेग बेला, बिहान ११ः४५ बजेदेखि दिनमा १ः१५ बजेसम्म चर बेला, दिनमा १ः१५ बजेदेखि २ः४५ बजेसम्म लाभ दिनमा २ः४५ बजेदेखि ४ः१५ बजेसम्म अमृत साँझ ४ः१५ बजेदेखि ५ः४५ बजेसम्म काल बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः बिहानमा ९ः०० बजेदेखि १०ः३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।