लोडसेडिङ बढ्यो ,अब सातामा ५७ घण्टा लोडसेडिङ


काठमाडौ, भाद्र २१-

नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लागू हुने गरी लोडसेडिङको समय तालिकामा हेरफेर गरेरको छ ।

प्राधिकरणद्वारा जारी गरिएको नयाँ तालिका अनुसार अब सातमा ५ घण्टा बढी लोडसेडिङ थपिनेछ । यसअघि सातामा ५२ घन्टा लोडसेडिङ हुँदै आएकोमा अब सातामा ५७ घण्टा लोडसेडिङ हुनेछ ।

बाढीपहिरोबाट क्षतिग्रस्त विद्युत गृह सञ्चालनमा नआएको तथा प्रणालीमा भार वृद्धि भएका कारण लोडसेडिङ गर्नुपरेको प्राधिकरणले जनाएको छ ।