चितवनमा स्कुल बस दुर्घटनामा एकको मृत्यु, ४५ जना विद्यार्थी घाइते, ४ को अबस्था गम्भिर


चितवन, भाद्र २०–

पश्चिम चितवनमा शुक्रबार दिउँसो चार बजे भएको स्कुल बस दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ। चितवन प्रहरीका अनुसार ४५ जना विद्यार्थी घाइते छन्।

मृत्यु हुनेमा सीमा तामाङ रहेको प्रहरीले जानएको छ । अन्य जना ४ जनाको अबस्था गम्भिर छ । शारदानगरको जनप्रिय बोर्डिङ स्कुलको ग१ख १४५१ नम्बरको बस अनियन्त्रित भएर चितवन नगरपालिका–६ को सडकमा पल्टिएको हो।घाईते सबैको भरतपुरको नयां र पुरानो मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी शान्तिराज कोइरालाले बताए । गाडीका चालक प्रहरीको सम्पर्कमा आएको कोइरालाले बताए ।