लक्ष्मणको फोटोगाफ्री रुची र खिचेका केहि तस्बिरहरु


बार्सिलोना

मानिसको जिन्दगीका मोडहरु फरक फरक छन् । आफ्ना चाहना सोच अनि बिचार र भावनाहरु पनि फरक फरक । यो फरक दुनियामा मानिसको भित्री चाहना र जिउने शैली अनौठो लाग्छ । जब उनि बाल्यकालमा थिए त्यती बेला उनको शोक अनि बिचार नितान्त फरक । बिकट जिल्ला हुम्लाको मैला गाउ बिकास समितीमा बिक्रम सम्बत २०४३ साल चैत्र १२ गते उनको जन्म भएको हो। स्कुल पढ्दै गर्दा अनि गोठालो गर्दा पनि उनि प्रकृति प्रेमी थिए। त्यसैले त्यसको तिर्खा मेटाउने सहारा लिए फोतोगाफ्रीबाट। उनले चलाएको पहिलो क्यामारा थियो पुरानो रिल हाल्ने क्यामारा । बाबासँग पाप्त गरेको त्यो क्यामारा लिएर उनी गोठालो हानिए अनि हत्तपत्त गाईको फोटो खिचेछ्न्। आखिर उनले जिबनमा पहिलो पटक खिचेको तस्बिर पनि गाईको नै बन्न पुग्यो उनि सम्झना गर्दै बताउछन् ।

उनि हुन् लक्ष्मण शर्मा हाल एनआरएनए स्पेनका युबा फोरम संयोजक,हुम्लामा जन्म भए पनि बाजुरामा पढ्न हाकीए उनि। कारण बाजुरा मामाको घर अनि त्यहा पढ्नको लागि बोडिंग स्कुल पनि रहेछ। उनको यात्रा हुम्ला र बाजुरामा मात्र सिमित रहेन नेपालका विभिन्न ठाउहरुमा पनि बसाई सर्दै गए अनि पढाई पनि गर्दै गए। नेपालगंज हुदै काठमाडौ आईपुगे। उनले त्यहाबाट त्रिचन्द्र कलेजमा गार्मिण बिकास बिषयमा स्नातक तह पुरा गरी स्विज़ेर्लैंड आइपुगे। करिब ७ बर्षे युरोप बसाइलाई अहिले स्पेनमा आएर युरोपको स्थायी बसाई बनाउन सफल भएका छन्। स्विज़ेर्लैंड अध्ययनको लागि आएको र अध्ययन सकिए पछि आफु यता आएको उनि बताउछन्।

फोटोमा साह्रै शोक भएका उनि काठमाडौमा नै डिजिटल क्यामारालाई स्पर्श गर्दै फोटो खिच्न पाएको स्मरण गर्छन्। तर क्यामारा आफ्नो थिएन अरुको क्यामारा कति बेला सम्म चलाउन पाईन्छ र ? उनको मनमा लाथ्यो आफु सँग भए त कति धेरै फोटो खिच्न पाइन्थ्यो होला । रिल हाली रहन पनि नपर्ने जति खिचे पनि हुने आहा कस्तो प्रकारको क्यामरा ? आखिर उनको सपना स्विज़ेर्लैंडमा आए पछि मात्र पुरा भई छाड्यो । उनि डिजिटल क्यामारा पाएको दिन संसार जिते जस्तो अनुभब सुनाउछन्। गोठालो जादा रिले क्यामराले गाईको फोटो खिचेको हुम्लाको ठिटोले आज डिजिटल क्यामाराले युरोपको प्रकृति र यहाको बस्ती र मानिसहरुको फोटो खिच्न्न पाउदा उनि दंग छन्। तर उनि भन्छन् अहिले त डिजिटल प्रवृतिका क्यामाराहरु सबैको हात हात मा छन् यो कुनै नोलौ नै छैन तर मेरो लागि त सधै ठुलो रहन्छ किनकी मैले कुनै दिन यसलाई मन देखि नै चाहेको थिए । हुन त मेरो यो व्यवासीक क्षेत्र पनि होइन् मैले पुरा समय यसलाई पनि दिन सक्दिन तर मान्छेको रुचि नै कुनै दिन राम्रो तस्बिर देखे वा खिचे भने पनि मनको आधा बोझ कम भए जस्तो लाग्छ। तसर्थ कहिले काही कसैलाई छेल पार्दै मन परेको तस्बिर लिईहाल्छु अनि आफ्नो साईट वा सामाजिक सन्जालमा अपलोड गर्छु ।
(नेपालीनेपाली डटकमका प्रधान-सम्पादक बसन्त रानाभाटले उनि सँग गरेको कुराकानीको आधारमा )

तस्बिरहरु :- लक्ष्मण शर्मा 6470298187_0782a60e03_b6229516879_8c270402be_b6963725471_3c9e91e49a_b6248568383_31490a94ed_b6411153977_134694f815_b6264321434_43d5d2edac_b6327800505_492fc6329b_b6792749452_1137fc743a_b