नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सले विपी शतक वार्षिकी मनाउने


नेदरल्याण्ड्स-

नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सले विपी शतक वार्षिकी मनाउने भएको छ । नेदरल्याण्डसको राजधानी आमस्ट्राडाममा आगामी सेप्टेम्बर ९ तारिखमा विपी कोइरालाको सम्मान र स्मरणका लागि कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा विपी सम्बन्धी विभिन्न कथा, कविता, निवन्धहरु तथा लेखहरु समेत प्रस्तुत गर्न सकिने आयोजहरुले बताएका छन् । समितिले नेदरल्याण्डस्मा बसोबास गर्ने नेपाली समुदाय तथा संघ-संस्थालाई उपस्थितीको लागि हार्दिक अनुरोध गरेको छ ।
उक्त अवसरमा नेपाली जनसंपर्क समिति नेदरल्याण्डसले नेपाली काँग्रेको कृयाशिल वितरण समेत गरिने भएको हुनाले आवश्यक प्रकृयाहरु समेत तय गरिने जनाइएको छ । केन्द्रबाट ५०० प्रति कृयाशिल सदस्यता प्राप्त भै सकेको छ आवश्यक प्रकृयाहरु तय गरेर ५०० सदस्यता वितरण गरिने लक्ष्य रहेको छ नेपाली जनसंपर्क समिति नेदरल्याण्डसका अध्यक्ष दिपक रेग्मीले बताए ।

कार्यक्रम हुने मिति – ९ सेप्टेम्बर विहान १० बजेबाट १२:३० सम्म
स्थान :- Nassaukerk De Wittenstraat 114,1052 BB Amsterdam