गैरइञ्जिनियरलाई नियुक्ति गरेको भन्दै टेलिकमका इञ्जिनियर आन्दोलित


काठमाडौं, २० भदौ – सरकारले गैरइञ्जिनियरलाई नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा नियुक्ति गरेको भन्दै टेलिकमका इञ्जिनियरहरु आन्दोलनमा उत्रिएका छन् ।

इञ्जिनियरहरु शुक्रबार बिहान आठ बजेदेखि टेलिकम मुख्यालयमा धर्ना बसेका छन् । टेलिकमको सञ्चालक समितिले प्रवन्ध निर्देशक नियुक्ति गर्नुपर्ने नियम हुँदाहुँदै सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले ठाडो हस्तक्षेप गरी गैरइन्जिजिनियरलाई नियुक्ति गरेकेा आन्दोलनकारीको आरोप छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले टेलिकमको एघारौं तहमा कार्यरत चार्टड एकाउन्टेन बुद्धि आचार्यलाई प्रवन्ध निर्देशकमा नियुक्त गरेको थियो ।