बसन्त रानाभाटका केहि गितहरु


– बसन्त रानाभाट
कसरी हेरु म आफ्नै प्रिया मरेर िजएको
पराइको साथमा नशा छ  हातमा हासेर िपएको

मलाई तड्पाएर िपय्ा के नै िमल्थो र ?
तड्पाइको िपडा कम गर्न फेिर यही नशा िलएको
कसरी हेरु म आपनै िपया मरेर िजएको
पराईको साथमा नशा छ हातमा हासेर िपएको

छोडी गयौ प्रिया सामुन्ने फेिर नआए हुन्थो िन ?
सामुन्ने आयौ अतीत सम्झायौ थपेर िपएको
कसरी हेरु म आपनै िपया मरेर िजएको
पराईको साथमा नसा छ हातमा हासेर िपएको

रचना मिति – बि. स. २०६३ असोज २१ गते

***********************************
बिस्तारै बिस्तारै नियाली हेरे ,उनि नै रहिछन्
आखामा लतपत देखिने गाजल लगाउन छाडिछन्

बेहोशी भए उनीलाई देख्दा अर्कैको साथमा
दिएको चिनो लगाउने रहिछिन् अझै नि हातमा
पराईको साथमा सजिदा उनि नचिन्ने भएकी
सामुन्ने पर्दा एक वचन पनि नबोली गएकी
बिस्तारै बिस्तारै नियाली हेरे ,उनि नै रहिछन्
आखामा लतपत देखिने गाजल लगाउन छाडिछन्

नदेखी हिड्न पाएको भए आफ्नै सुर भईहाल्थो
बिगतका कुरा बिगतनै बन्थे बितेर गईहाल्थो
दोबाटो तिर उनीलाई देख्छु सम्झना आउदछ
बाचा र कसम तोडेर गईन् यादले सताउछ
बिस्तारै बिस्तारै नियाली हेरे ,उनि नै रहिछन्
आखामा लतपत देखिने गाजल लगाउन छाडिछन्

रचना मिति – बि.स २०६३ असोज ०४ गते

***********************************

गित (पप )
म जे छु ठिकै छु अधुरो सपना भए नि जिएकै छु

बोल्नै नसक्नेले कुरा बुझिदिन्छन्
खुट्टा नहुने ले यात्रा गरिदिन्छन्
संसार नदेख्नेले चित्र कोरिदिन्छन्
सधै मागी बस्नेले पेट भरीदिन्छन्

म जे छु ठिकै छु अधुरो सपना भए नि जिएकै छु

सिन्दुर पुछेकाहरु जिएकै छन्
भाग्य फुटे पनि सिएकै छन्
प्रित छुटे पनि बाचेकै छन्
रित्तो मन कसैलाई साचेकै छन्

म जे छु ठिकै छु अधुरो सपना भए नि जिएकै छु
कसम तोडे नि बाचा गरिदिन्छन्
यता घात गर्नेले उता साथ दिन्छन्
यता पासो दिनेले उता चासो दिन्छन्
यता आशु दिनेले उता हासो दिन्छन्

म जे छु ठिकै छु अधुरो सपना भए नि जिएकै छु

रचना मिति -२०६४ जेष्ठ २१ गते

**********************************

बुझिनौ तिमीले बुझिनौ, सुनिनौ तिमीले सुनिनौ, मेरो मायालाई सुनिनौ

म रुदारुदै आशु सबै रित्तिसके
तै पनि मेरो मायालाई बुझिनौ
म हिड्दा हिड्दै थाकिसके
थकित मेरो भाबानालाई बुझिनौ

बुझिनौ तिमीले बुझिनौ सुनिनौ तिमीले सुनिनौ मेरो मायालाई सुनिनौ

म बोल्दाबोल्दै मेरो आत सुकी सक्यो
तै पनि मेरो बचनलाई सुनिनौ
तिर्खाएर आज प्यासी बने
प्यासी मेरो मनलाई बुझिनौ

बुझिनौ तिमीले बुझिनौ सुनिनौ तिमीले सुनिनौ मेरो मायालाई सुनिनौ

रचना मिति – बि स २०६२ असार २० गते ( जन्म दिन )

**************************************

डुबी रहे कल्पनामा सुनसान रातमा , सुम्सुमाउदै हातले आईदियौ साथमा

मेरो नजरलाई नियाल्ने मधुरो टुकी थियो
आयौ बिस्तारै तिमी गरेथे मैले चियो
न आफुलाई सम्झे न तिमीलाई सम्झे बेहोसी भएछु
थामेर सकिन खुशीका पललाई तै पनि सहेछु
डुबी रहे कल्पनामा सुनसान रातमा , सुम्सुमाउदै हातले आईदियौ साथमा

सुनसान रात छिप्पीदै गयो कोही पनि बोलेनौ
दुबैको प्यासी मनलाई बुझ्यौ मायालाई मोलेनौ
इशारा तिम्रो जसरी गयौ त्यसरी गएछु
बिहानी पख ब्युझेर हेर्दा एक्लो पो रहेछु

डुबी रहे कल्पनामा सुनसान रातमा , सुम्सुमाउदै हातले आईदियौ साथमा

रचना मिति – बि.स .२०६४ माघ ८ गते

नोट – प्रस्तुत गीतहरु लगायत अन्य गीतहरुको संगालो सहित रचनाकारको एकल रचनामा गीति एल्बम बजारमा आउदै छ प्रतिक्षा गर्नु होला।