राष्ट्रिय राजनीतिक सभा गर्न चार दल सहमत, कार्यदल गठन


काठमाडौ, भाद्र १९ –

संविधानसभामा नरहेको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले उठाउँदै आएको राष्ट्रिय राजनीतिक सभा गर्ने विषयमा प्रमुख दल सहमत भएका छन् । कांग्रेस, एमाले, एमाओवादी र नेकपा-माओवादीका नेताहरुको बालुवाटारमा बसेको बैठकले सभा गर्ने सहमति गरेको छ

बैठकले सभाको कार्यविधि र एजेण्डा तगर्न कार्यदल बनाएको छ । कार्यदलले संविधानका अन्तरवस्तु र मोडालिटी दुबैबारे सहमति जुटाएर चार दलको बैठकमा प्रतिवेदन पेश गर्नेछ ।
कार्यदलमा कांग्रेसबाट महामन्त्री कृष्ण सिटौला र कानूनमन्त्री नरहरि आचार्य रहेका छन् । एमालेबाट उपाध्यक्ष भीम रावल र अग्नि खरेल छन् भने एमाओवादीबाट महासचिव कृष्णबहादुर महरा र खिमलाल देवकोटा कार्यदलमा छन् । नेकपा-माओवादीका तर्फबाटसचिव देव गुरुङ र प्रवक्ता पम्फा भुसाल छन् ।