अख्तियारले मालपोत कार्यालय कास्कीमा छापा मार्दा एक जना नगद सहित पक्राउ


सागर राज तिमिल्सिना
पोखरा, १९ भाद्र-

अख्तियार पश्चिमाञ्चल कार्यालयको टोलीले मालपोत कार्यालय कास्कीमा छापा मार्दा एक जनालाई नगद सहित रङ्गेहात पक्राउ गरेको छ । मालेपात कार्यालयको नापी फाटँका नासु कृष्ण प्रसाद पनेरुलाई नगद सहित पक्राउ गरेको हो । पनेरुबाट करिब १५ हजार रुपैया सहित पक्राउ गरेको हो ।

पोखरा ११ फुलबारीका मनोरथ बास्तोलाको जग्गाको हालसावीकका लागी उनले रकम मागेको बास्तोलाले बताए । बास्तोलाले हालसावीक गर्न पैसा मागे पछि अख्तियारको पोखरा कार्यालयमा उजुरी दिई मालपोत पुगेका थिए ।

बास्तोलाले रकम दिए पछि अख्तियारको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेका थियो । बास्तोलाको पोखरा ११ फुलबारीका रहेको जग्गा पहिले ६ आनाबाट बढेर ८ आना भए पछि हाल साविक गर्न पनेरुले पैसा मागेको बास्तोलाले बताए ।