सरकारले अम्बिका लुइटेललाई फ्रान्सको राजदूतमा सिफारिस, अन्य ५ देशका लागि पनि राजदुत चुनिए


काठमाडौं,१९ भदौ –

सरकारले अम्बिका लुइटेललाई फ्रान्सको राजदूतमा सिफारिस गरेको  छ । सिफारिस भएकी लुईटेलले फ्रान्स अलवा स्पेन, पोर्चुगल ,ग्रिस लगायतका युरोपेली मुलुकलाई समेत हेर्ने भएकी छन्। सरकारले परराष्ट्र मन्त्रालयका कार्यरत सहसचिब लुईटेललाई राजदुतमा सिफारिस गरेको हो। यसअघि सन् २०१० देखी कृष्ण मोहन श्रेष्ठ फ्रान्स स्थित नेपाली राजदुतमा कार्यरत थिए उनको पदावधि सकिए पछि सरकारले फिर्ता बोलाएको थियो।

यस्तै सरकारले अन्य ५ देशका लागि नेपाली राजदूत नियुक्तिको सिफारिस गरेको छ । तर, भारतसहितका महत्वपूर्ण देशमा भने हुन सकेन ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परराष्ट्र मन्त्रालयका सहसचिवलाई राजदूत सिफारिस गरेको हो । जसमा खगनाथ अधिकारीलाई थाइल्याण्ड, दीपक धिताललाई जेनेभा, यज्ञबहादुर हमाललाई कुवेत, कालीप्रसाद पोखरेललाई क्यानडा, अमृत राईलाई दक्षिण अफ्रिकामा लागि राजदुत बनाएको छ। लामो समयदेखि डेढ दर्जन भन्दा बढी मुलुकमा राजदुत पद खाली रहे पनि सरकारले ६ देशमा मात्रै नियुक्तिको सिफारिस गरेको छ । वरिष्ठताका आधारमा सिफारिस भएका अर्जुनकान्त मैनाली भने परेनन् । कांग्रेसका मन्त्रीहरुको समर्थन पाएका यज्ञबहादुर हमाल राजदूत सिफारिस भएका छन् ।
अब संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राजदूत नियुक्त हुनेछन् । नेपालको कूटनीतिक सम्बन्ध रहेका देशमध्ये ३२ देशमा दूताबास छ तर, १६ देशमा राजदूत छैनन् ।
अब अमेरिका, भारत, बेलायत, जर्मनी, इजिप्ट, कतार, श्रीलंका र ब्राजिलमा राजदूत सिफारिस हुन बाँकी छ । त्यस्तै बहराई र ओमान सहित १० देशमा राजनीतिक नियुक्तिबाट राजदूत पठाइने भएको छ ।