पीटीए सम्झौतापत्रमा नेपाल-भारतको प्रारम्भिक हस्ताक्षर, दुई दिने बैठक ३ घण्टामै सकियो


काठमाडौँ,भदौ १९ – नेपाल-भारत बिद्युत व्यापार गर्ने बिषयमा विहिबार सुरु भएको (पीटीए) सम्झौता वार्ता सम्झौतापत्रमा दुबै देशका उर्जा सचिवले प्रारम्भिक हस्ताक्षर गरेपछि बैठक टुङ्गिएको छ ।

दुइ दिन चल्ने भनिएपनि वार्ता सुरु भएको तीन घण्टामैं सकिएको हो।
उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र भारतीय समकक्षी (मिनिष्ट्र अफ पावर) प्रदीपकुमार सिन्हाबीच पीटीएमा हस्ताक्षर सम्पन्न भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं भ्रमणपछि यो असमझदारी टुङ्गयाउन ४५ दिनको म्याद तोकिएकाले सम्झौता प्रकृया टुङ्गयाउन बुधबार अपरान्ह नेपाली प्रतिनिमिण्डल दिल्ली गएको थियो।
अहिले हस्ताक्षर भएको सम्झौतापत्रलाई आ-आफ्ना देशका सरकार (मन्त्रीपरिषद)ले अनुमोदन गरेपछि पीटीएको थप प्रकृया अघि बढ्ने बताईएको छ।