सुनलाई बिस्कुट बनाएर काठमाडौं भित्राउने प्रयास विफल, २ किलो सुन बरामत


सिन्धुपाल्चोक, भदौं १९-

सिन्धुपाल्चोक प्रहरीले मार्मिग–६ बस्ने १६ वर्षीय सांजो लामालाई २ के.जी. सुन सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरी टोलीले बिहीबार मध्यान्ह १२ बजे पक्राउ गरेको हो । उनलाई खासाबाट अवैधरुपमा पाखुरामा लुकाएर काठमाडौं ल्याउन प्रयास गर्दा दुई किलो सुन बाह्रबिसे प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

बा ११ प ९५०५ नम्बरको बोलेरो गाडीका यात्री सान्जो लामाले दुबै हातको नाडीमा टेपले बाँधेर ल्याउँदै गरेको बिस्कुट आकारको सुन बनाएका थिए। प्रहरीले गाडी र चालकलाई समेत नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ