कास्कीमा बलत्कारका घटना बढे, भदौरे तामागीका बलीराम नेपाली पक्राउ


पोखरा, १९ भदौ- कास्कीमा सामुहीक बलत्कारको एउटा घटना सार्वजनीक भएको घटना केहि दिन वित्न नपाउदै अर्को बलत्कारको घटना सार्वजनीक भएको ।

पोखरा १६ मा बस्ने एक महिलालाई जवर्जस्ती करणी गर्न खोज्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रक्राउ गरेको छ । कास्की भदौरे तामागी ९ बस्ने बर्ष २८ को बलीराम नेपालीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।

श्रीमान बैदेशिक रोजगारको लागि बाहरि रहेको र सुस्त मनस्थितिकी भएको कारण माईतीघरमा बस्दै आईरहेकी महिलालाई करणी गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको कास्की प्रहरी प्रवक्ता केदार रजौरेले  जानकारी दिए । महिलालाई भदौ १४ गते राती २ बजे सुतीरहेको स्थानमा गई मुख थुनी बोल्न कराउन नदिई जवरजस्ती गर्न लाग्दा पिडितले निज नेपालीको हातमा टोकी उम्कन सफल भएकी प्रहरीले जानकारी दिएको छ । घटनका बारमो अनुसन्धान भैरहेको कास्की प्रहरी जनाएको छ ।