युवतीले प्रेम प्रस्ताब नस्विकारे पछि,झुटो समाचार बनाई चरित्र हत्याको प्रयास


अर्जुन गिरी

पोखरा, १९  भदौ –

रामेछाप गुप्तेश्वर–६ घर भएका कृष्णबहादुर तामाङले डेढ वर्षअघि एक युवती भेटे । पत्रकारिताको विद्यार्थीसमेत रहेका कृष्णले समाचार रिपोर्टिङका क्रममा ती युवतीसँग भेटेका थिए । तोपगाछी–५ झापा घर भएकी ती युवतीको हरेक काममा कृष्णले सहयोग गरे । कृष्णले छोटो समयमा ती युवतीसँग राम्रो सम्बन्ध बनाए ।
कृष्णले ती युवतीलाई जागिर पनि खोजिदिए । उनको घरमा समेत आउजाउ चल्यो । कृष्णले उनलाई निकै मन पराउँथे । उनको उद्देश्य भनेकै तिनीसँग विवाह गर्नु थियो । तर ती युवतीले त्यो दृष्टिले हेर्नु त परै जाहोस् सोचेकी पनि थिइनन् । ती युवती पोखरा आएर काम गर्न चहान्थिन् । कृष्णले पनि उनको चाहना पूरा गर्न उनलाई पोखरामा जागिरको व्यवस्था गरिदिए । काम पाएपछि उनी पोखरा रानीपौवामा कोठा लिएर बस्ने पक्का भयो ।

वैशाख १ गतेदेखि उनको पोखरामा जागिरे यात्र सुरु भयो । कृष्ण र उनीबीच दैनिक भेटघाट हुने गथ्र्यो । एक दिन कृष्णले आफूले धेरै माया गर्ने भन्दै प्रेम प्रस्ताव राखे । हरेक सुख–दुखमा साथ दिएको हुनाले आफ्नो प्रेम प्रस्ताव सजिलै स्वीकार गर्छिन् भन्ने थियो कृष्णको मगजमा । तर परिणाम ठ्याक्कै उल्टो आयो । त्यो निर्णय कृष्णका लागि ठूलो झापडजस्तो भयो । उनले ती युवतीलाई किन स्वीकार नगरेको भन्दै पटकपटक प्रश्न गरिरहन्थे । युवतीले आफ्ले त्यो दृष्टिले कहिलै नहेरेको जवाफ दिइन् । भ्रमको भारी बोकेका कृष्णले जति पटक प्रस्ताव गर्थे उति नै पटक ती युवतीले अस्वीकार गर्थिन् । आफ्ले भने जस्तो नभएपछि कृष्णले रिस र इख मनभरि पालेका थिए ।

दुवैले नसोचेको कुरा भएपछि उनीहरुबीच भेटघाट पातलिनु स्वभाविकै थियो । तर एकतर्फी रुपमा कृष्ण भने भेट्न गइरहन्थे । एक दिन कृष्ण रिसाउँदै ती युवतीको कोठामा आए । कृष्णले, ‘हिजो तिम्रो कोठामा को आएको थियो रु’ भनेर प्रश्न गरे । ती युवतीले आफ्नो फुपूको छोरा आएको बताइन् । तर कृष्णलाई त्यो उत्तरले चित्त बुझेन । रिसले चुर भएका कृष्णको मनमा शंकाको बिउ उब्जन थाल्यो । हिजोसम्म प्रेमले ठाउँ ओगेटेको कृष्णको मनमा बद्लाको भावना उत्पन्न भयो । प्रेम प्रस्ताव स्वीकार नगरे बेइजत गरी दिने भन्दै कृष्णले ती युवतीलाई धम्काउन सुरु गरे । ‘नसोची बोलेको बोली र रिसमा लिएको निर्णयले गलत परिणाम ल्याउँछ’ भनेजस्तै भयो कृष्णलाई पनि । कृष्णले ती युवतीलाई फसाउने उद्देश्यले जाल बुन्न थाले ।

ती युवतीविरुद्ध समाचार तयार पारे । त्यसपछि कृष्णले एउटा ‘फेक आइडी’ बनाएर ‘मेगा सहकारी लुटमा सुन्दरीको हात’ भन्ने शीर्षक राखेर केही सञ्चार माध्यममा पठाइदिए । गतल काम गर्दापछि परिणाम के हुने हो भनेर कृष्णले सोचेनन् । नयाँ मेलआइडीबाट स्रोत नै नखुलाई पठाएको त्यस्तो समाचार छाप्ने सञ्चार माध्यमले पनि एकपटक सोचेन । त्यस समाचारमा ‘मेगा सहकारी लुटमा तीन पुरुष र दुई महिला गरी पाँच जनाको हात छ ।’ भन्ने लेखिएको थियो । जसमा ती युवतीको पनि नाम लेखिएको थियो ।

समाचरको ‘लिड’ अर्थात अग्रभागमै लेखिएको थियो, ‘चार महिनाअघि पोखराको न्यूरोडस्थित मेगा बचत तथा क्रण सहकारी संस्थाबाट दिनदहाडै गोली प्रहार गरी रकम लुट्ने लुटेरा पोखरामै खुला रुपमा हिँडिरहँदा पनि प्रहरी प्रशासनको दृष्टि नपुगेको देख्दा सर्वसाधारण आश्चर्यमा परेका छन् ।’ त्यस्तो समाचार आएपछि, घट्ना भएको दिनदेखि नै अझैसम्म त्यस घट्नाले कास्की प्रहरीलाई झन् टाउको दुखाइ बनायो । प्रहरी अनुसन्धनको लागि ती महिलालाई बोलाए । लुटपाट त परै जाओस् ती महिलालाई त मेगा सहकारी नै कहाँ छ भन्ने कुरा थाहा रहेन छ । त्यपछि प्रहरीले खोजी गर्न थाल्यो । त्यस्तो गलत समाचार कसले छाप्न लगायो भन्ने तिर प्रहरीको अनुसन्धान सोझियो ।

ती सञ्चार माध्यबाट पत्ता लाग्यो कि अस्मिता वर्माको आइडीबाट समाचार पठाइएको थियो भनेर । जुन आइडी कृष्णले प्रयोग गरेका रहेछन् । त्यति थाहा पाएपछि कास्की प्रहरीले कृष्णलाई फोन गरेर बोलायो । उनी आएपछि प्रहरीले सोधपुछ ग¥यो । सबै घट्ना बाहिर आयो । उनी अहिले जिप्रका कास्कीको हिरासतमा छन् । सार्वजनिक मुद्दामा उनलाई राखिएको जिप्रका कास्कीका प्रमुख एसपी वसन्तकुमार लामाले मंगलबार पत्रकारहरुलाई जानकारी दिए । लामाले भने, ‘चरित्र हत्या गरेको आरोपमा सार्वजनिक मुद्दा दर्ता भएको छ । कृष्णले गरेको अरु गतिविधिको आधारमा अरु कारबाही अघि बढ्छ ।’