आजको राशिफल,२०७१ साल भाद्र १९ गते बिहीबार


राशिफल लेखक/युवा ज्योतिषी – हरि पन्त

आजको पञ्चाङ्ग
आज मिति २०७१ साल भाद्र १९ गते बिहीबार, तदनुसार सिताम्वर ४ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको दशमी तिथि ३४ घटि २२ पला अर्थात साँझमा ५ बजेर २९ मिनेटसम्म त्यस उप्रान्त एकादशी तिथि लाग्नेछ । आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा धनु राशि अहोरात्र रहनेछ । आज दिनमा ३१ घटि २९ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४४ मिनेटमा रावण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर २० मिनेटमा हुनेछ ।

10574407_786949601357670_1998935915222540781_n
आजको राशिफल
मेष ः नकरात्मक सोचाइले गर्दा दिनैभरी कार्य अस्तव्यस्त, आम्दानीभन्दा खर्च बढी हुनाले दिनभर तनाव झेल्नु पर्नेछ ।
वृष ः मानसिक पीडा थपिने, मानहानी, आफन्त बाट धोका, आम्दानीका श्रोतहरु घट्नेछन् नआतिनु होला ।
मिथुन ः एकमुष्ट रकम संकलन भई बैंक व्यालेन्स बढ्नेछ, नविन कार्यको थालनी हुनेछ, दिन शुभ रहनेछ ।
कर्कट ः सबै क्षेत्रबाट लाभ पाइन सक्ने, नविन कार्यको थालनी गर्दा राम्रो, दिन शुभ रहेको छ, उपयोग गर्नुहोला ।
सिंह ः व्यापार व्यवसायमा मन्दी आनउेछ, धनमाल लुटिन सक्नेछ चनाखो हुनु राम्रो हुनेछ, यात्रामा बाधा आउनेछ ।
कन्या ः आफन्त जनसंग मनमुटाव हुन सक्ला, मन चञ्चल, पेट वा कम्मरको रोग लाग्ने, चिन्ता पर्ने खवर प्राप्त होला ।
तुला ः पारिवारिक सहयोगले कार्य सम्पन्न, नयाँ कार्यक्षेत्रमा प्रवेश हुनेछ, आदर सत्कार पाइने, स्वास्थ्य राम्रो रहनेछ ।
वृश्चिक ः दिन तथा समय दुवै खराव रहनाले पारिवारिक कलह भइ इज्जतमा दाग लाग्नेछ सर्तक रहनुहोला ।
धनु ः समय महत्वपूर्ण रहेकोछ एक्कासी पूरानो प्रेमीका भेट हुनाले दिन खुसीयाली, धार्मिक कार्यको पनि लगाव बढ्नेछ ।
मकर ः आफन्तजनसँग मनमुटाव हुन सक्छ, खर्चमा एक्कासी वृद्धि हुनेछ, छोराछोरीबीच झगडा हुदाँ तनाव बढ्नेछ ।
कुम्भ ः यश कृति बढ्ने, शत्रुमाथि विजय हासिल, घरमा नयाँ मान्छेको आगामन, दिन सुखद्, समय महत्वपूर्ण रहनेछ ।
मीन ः समय सामान्य रहेको छ, शुरु गरेका कार्य अधुरा हुनेछन्, पेटमा गडबढ हुन सक्ने, खानामा सावधानी अपनाउनुहोला ।

आजको साइत ः आज पूर्व र उत्तर दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

आजको शुभ, लाभ र अमृत बेला ः आज २०७१ साल भाद्र १९ गते बिहीबार बिहान ५ः४४ बजेदेखि ७ः१४ बजेसम्म शुभ बेला, बिहानमा ७ः१३ बजेदेखि ८ः४३ सम्म रोग बेला, बिहानमा ८ः४३ बजेदेखि १०ः१३ बजेसम्म उद्वेग बेला, बिहानमा १०ः१३ बजेदेखि ११ः४४ बजेसम्म चर बेला, बिहान ११ः४४ बजेदेखि दिनमा १ः१४ बजेसम्म लाभ बेला, दिनमा १ः१४ बजेदेखि २ः४४ बजेसम्म अमृत दिनमा २ः४४ बजेदेखि ४ः१४ बजेसम्म काल साँझ ४ः१४ बजेदेखि ५ः४४ बजेसम्म शुभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः दिनमा १ः३० बजेदेखि ३ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।