स्पेनमा रहेका मिडियाहरुको सामुहिक प्रतिबद्दता


स्पेनबाट सञ्चालित अनलाईन मिडियाहरुलाई बिभिन्न संघ सस्था एबम संगठनहरुले गर्नु भएको सहयोग र सद्भभाबको लागि हामी आभारी छौ । आउदा दिनमा पनि स्पेनबासी नेपाली समुदायको त पक्कै सहयोग रहने नै छ अझ यसको परिधीलाई अलि फराकिलो पार्दै तपाईको परिवार,नातेदार ,साथी इस्टमित्र माझ पनि हाम्रो समाचार, लेखन, बिचार र आबाजलाई पुर्याएर हाम्रो पहुचलाई संसारभर पुर्याउनको लागि लागि पर्नु हुनेछ भन्ने हामीले बिश्वास लिएका छौ। स्पेनमा रहेर ब्यस्त समयका बाबजुद पनि मिडियामा समय दिनु अति नै कठिन छ । अर्को तर्फ मिडिया खोलिनु ,बन्नु वा संचालन गर्नु ठुलो कुरा होईन तर यसलाई निरन्तरता दिईरहनु चुनौती पूर्ण छ। तर्सथ निरन्तरताको खातिर पनि हामी सबै मिडीया कर्मी एक जुट बन्दै सामान्य एउटा कोड अफ कन्डकको थालनी गरे हामीलाई नै काम गर्न सहज हुने हुदा त्यसको थालनी गर्ने कोशिस गर्ने छौ। आशा छ यसलाई सकरात्मक रुपमा लिनु हुनेछ। स्पेनमा बढ्दो संघ सस्था,भई रहने कार्यक्रम र समाचार,सुचना, निमन्त्रणा,शुभ-कामना,बिज्ञापन ,समबेदना आदिको बिषयमा प्रस्ट पार्दै हामीले बुदागत रुपमा केहि कुराहरु उल्लेख गरेका छौ।

समाचारलाई जति सक्दो छिटो अफ्डेड गर्ने कोशिस हाम्रो सदैब उच्च रहने छ । 5W1H को आधारमा बन्ने सबै किसिमका समाचारहरु हामी निशुल्क बनाएर प्रकाशन / प्रसारण गर्ने छौ।
यदी कसैले लेख ,रचना,कबिता ,गजल,बिचार मिडीयामा प्रकाशन गर्न ईच्छुक भएर पठाउदै हुनुहुन्छ भने,प्रकाशित हुनु अगाबै सामाजिक संजालबाट अपडेड गरेको थाहा भए सम्म त्यस्ता सामाग्री प्रकाशन/प्रसारण गर्ने छैनौ। सके सम्म स्थानीय रुपमा रहेको कुनै एउटा मिडियालाई मात्र आफ्नो रचना उपलब्ध गरेमा सबैमा एकै प्रकारको सामग्री हुने थिएन (नोट :- समाग्री यसलाई दियो हामीलाई दिएन भन्ने पुर्वाग्रह वा सोच कदापि हुने छैन )
समाचार,विज्ञप्ति,निमन्त्रणा लगायत कुनै पनि समाग्री पठाउदा सम्बन्धित मिडियाको अफिसियल इमेलमा पठाउनु होला ,सामजिक संजालमा ,भाइबर ,मेसेजमा सुचना,समाचार,लेख रचना पठाएर यदि प्रकाशित नभएमा हामी त्यसको जबाफदेहि हुने छैनौ, हाम्रो आधिकारिक ईमेल यसै सुचना सँगै पुन: उपलब्ध गराउने छौ ।
स्पेनमा धेरै संघ सस्थाले शुल्क सहित प्रबेश गर्ने कार्यक्रमहरु आयोजना गरि रहेको परिपेक्षमा यदी समाचार संकलनको लागि मिडियालाई बोलाईन्छ भने हामी निशुल्क प्रबेश सम्भब भए मात्र आउन समर्थ छौ । तर समाचार बनाउन नपर्ने कुनै पनि ब्यत्तिगत वा सामुहिक मनोरन्जनमा शुल्क सहित प्रबेश गरिने छ । साथै मानबिय घटनासँग जोडिएका रकम संकलनका कार्यक्रमहरु बिशेष रुपमा समाचारमा प्राथमिकता दिई अभियानलाई पूर्ण रुपमा साथ दिईने छ ।
यसै महिनामा बेल्जियममा हुन लागेको पत्राकार महासंघ युरोप शाखाको अधिबेशनमा सम्भब भए सम्म भाग लिई स्पेनको प्रतिनिधित्व गरिने ,यसै सन्दर्भमा स्पेनमा रहने मिडियाकर्मीको पनि आगामि कार्यसमितिमा उचित सम्मान र सहभागिताको लागि स्पेनबासी नेपाली समुदायको सहयोग र प्रेरेणा मिल्ने बिश्वास लिएका छौ।
बिशेष गरि अहिले समाचार,सुचना ,निमन्त्रणा, समबेदना शुभ-कामना,बिज्ञप्ति बारे प्रष्ट पार्न जरुरी देखिएकोले , समाचार सदैब निशुल्क बन्ने छ यसमा दुई मत नै छैन । तर कसैको निधन भएर सस्था वा व्यक्तिगत रुपमा समबेदना दिनु परेमा, कुनै कार्यक्रम हुदैछ भनेर कार्यक्रम सम्पूर्ण बिबरण सहित प्रकाशित गर्नु परेमा, सस्थाले कुनै सुचना जारि गर्नु परेमा,कसैको जन्मदिन,पास्नी,बर्ष गाठ, चाडपर्बको शुभकामना (ब्यक्तिगत वा सस्थागत) दिनु परेमा, वा आफ्नो ब्यबसायको बिज्ञापन दिनुपरेमा सम्बन्धित मिडियाको दर अनुसार शुल्क बुझाउनु पर्ने छ।
यदी कुनै संघ सस्थाहरुले गर्न लागेको कार्यक्रम वा पत्राकार सम्मेलन गर्नु परेमा कम्तिमा एक दिन अघि खबर गर्नु होला ,विदेशमा कामको बाबजुत पनि कार्यक्रममा आउनु पर्ने हुदा सके सम्म आफै सहभागि हुने कोशिस सदैब उच्च रहेन छ यदी उपस्थित हुन नसकेको खण्डमा पनि हामीलाई पाप्त ईमेलको आधारमा समाचार प्रकाशित गर्ने छौ यदी कुनै बिषयमा दुबिधा भएमा हामी आफै फोन सम्पर्क गर्ने छौ।
यदी हामीलाई स्पेनमा मात्र नभई युरोप वा संसारभर रहेका नेपाली समुदायबाट तलको ईमेल ठेगानामा समाचार लेख रचना पाप्त भए योग्य समाग्रीलाई हामी अबिलम्ब प्रकाशित गर्ने कोशिस गर्ने छौ।
यो प्रतिबद्दतामा ऎक्यबद्दता जनाउने स्पेन स्थित मिडियाहरु
स्पेनखबर डटकम( infospainkhabar@gmail.com)
नेपालीनेपाली डटकम (infonepalinepali@gmail.com)
नेपाली वेभ (nepaliwave@gmail.com)
रेडियो स्पेननेपाल (spainnepal5@gmail.com)