एनआरएन युकेमा झन् बिबाद चुलियो, निर्णय अब आईसीसीको हातमा


लन्डन – गैरआवासीय नेपाली संघ यूकेको विवाद मिलाउने जिम्मा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) लाई दिइएको छ । गत आइतवार बेलायतका १ सयभन्दा बढी संघसंस्था जम्मा भएको काउन्सिल बैठकले यस्तो निर्णय लिएको हो । काउन्सिल बैठकद्वारा जारी घोषणपत्रको १३ नम्बर बुदामा भनिएको छ, एनआरएन युकेमा हाल देखिएको विवादको सम्पूर्ण बिषयलाई एनआरएनए आइसीसी अनुशासन विभाग र विधान समितिमा पठाउने उल्लेख छ । यद्यपि १३ नम्बरमा लेखिएको निर्णयलाई सहअध्यक्ष महेन्द्र कँडेलले ठाडै अस्वीकार गरे । बैठकले गरेका निर्णयको सो बुदामा केन्द्रको निर्णय नआएसम्म योगेनबहादुर क्षेत्रीले नेतृत्व गरेको अहिलेकै कार्यसमिति कायमै रहने भनिएको छ । यो विवादको बिषयलाई कहिलेसम्म र कसले एनआरएन आइसीसीमा पठाउने भन्ने कुरा स्पष्ट छैन । सो निर्णयले वर्तमान अध्यक्ष योगेनबहादुर क्षेत्रीको कार्यकाल लम्बिने सम्भवना बढेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अनुशासन समितिको प्रमुखमा डा. अम्बिका अधिकारी छन भने बिधान समितिको संयोजक कुलचन्द्र गौतम हुन् । यस्तै गैरआवासीय नेपाली संघको विधान संशोधन तथा नियमावली समितिका संयोजकमा डा. हेमराज शर्मा छन् ।
गतबर्ष सेप्टेम्वर २९ तारिख प्राध्यापक सूर्य सुवेदीको रोहवरमा नेपाली दूतावास लण्डनमा भएको आम सहमतिअनुरुप आफूले नेतृत्व पाउनुपर्ने सहअध्यक्ष महेन्द्र कँडेलले दावी छ । सेप्टेम्वर २९ तारिखमा क्षेत्रीले आफ्नो नेतृत्व सहज रुपमा हस्तान्तरण नगरेमा दुवै पक्षको वैधानिकता सकिने कतिपयको बुझाइ छ । गैरआवासीय नेपाली सँघको निर्देशनको पालना नगरे राष्ट्रिय समिति खरेज हुने बैधानिक ब्यवस्था छ ।
काउन्सिल बैठकको १३ नम्बर बुदा
‘गैरआवासीय नेपाली संघ बेलायतमा हाल देखापरेको विवादसम्बन्धी छलफलका सहअध्यक्ष्य महेन्द्र कंडेलद्वारा प्रस्ताव भए बमोजिम यो सम्पूर्ण बिषयलाई अनुशासन विभागमा पु¥याई छानविन गर्नुपर्ने प्रस्ताव राख्नुभएकोमा अध्यक्ष्य योगेन्द्रबहादुर क्षेत्रीले समर्थन गर्दै आइसिसिको अनुशासन विभाग र विधान समितिमा पठाई आइसिसिको निर्णय नआउँदासम्म यो कार्यसमिति कायमै रहने प्रस्ताव गरिएकोमा सो कार्य यथाशिघ्र होस् र एनआरएन युकेमा एकता कायम रहोस् भन्ने कामना यो बैठक गर्दछ ।’
(माथि लिखित बुदालाई सहअध्यक्ष महेन्द्र कँडेलले बैठकमै असहमति राखेका थिए)

-nepalbritain