लागातार तेस्रो पटक संसद बैठक अवरुद्ध


काठमाडौ, भाद्र १८ – एमाओवादी लगायत प्रतिपक्षीदलहरुले बुधबार पनि संसद अवरुद्ध गरेका छन् । उच्चस्तरयि राजनीतिक समिति गठनका लागि सरकारले वास्ता नगरेको भन्दै केहीदिनयता उनीहरुले संसद्ध अवरुद्ध गर्दै आएका छन् ।

सत्तरुढदल कांग्रेस र एमालेले चारबुँदे सहमतिको चासो नराखेको भन्दै तत्कालिन सहमति कार्यान्यवन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले संसद सुचारु हुन दिएका छैनन् ।

यसअघि दुई पटक सदन अवरुद्ध गरिसकेका विपक्षीहरुले बुधबारको बैठक सञ्चालन हुनासाथ अवरोध गरेका थिए। विपक्षीको अवरोधपछि सभामुख सुवाषचन्द्र नेम्वाङले २५ गते बस्ने जानकारी दिँदै संसद बैठक स्थगित गरेका थिए।