प्रबासी नेपाली मंच स्पेनको अधिबेशन अक्टोबरको तेस्रो साता बार्सिलोनामा हुने


बसन्त रानाभाट,

बार्सिलोना-

प्रबासी नेपाली मंच स्पेनको तेस्रो अधिबेशन आगामी अक्टोबरको तेस्रो साता बार्सिलोनामा हुने भएको छ। मंचको सोमबार बसेको नियमित बैठकले अक्टोबरको तेस्रो साता अधिबेशन गर्ने निर्णय गरेता पनि यकिन दिन भने किटान गरेको छैन।

अधिबेशन सफल पार्नको लागि अध्यक्ष मुक्त बहादुर गुरुङको संम्योजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । सम्पूर्ण कार्य समितिका सदस्यहरु समितिमा रहने गरि बैठकले उप- संयोजकको जिम्मेबारी उपाध्यक्ष अमर गुरुङलाई दिएको छ।

प्रबासी नेपाली मंच स्पेन सन् २००७ डिसेम्बरमा पुष्प राज तिमिल्सिनाको अध्यक्षतामा गठन भएको हो। सन् २०१० र २०१२ मा गरि मंचका दुई वटा अधिबेशन यस अघि बार्सिलोनामा सम्पन्न भईसकेका छन् । अहिले सम्म सर्ब-सहमति बाट नै कार्यसमिति चयन गर्दै आएको मंचको पहिलो र दोस्रो अधिबेशनबाट क्रमश पुष्प राज तिमिल्सिना र मुक्त गुरुङ अध्यक्ष बनेका थिए।
सस्थापक अध्यक्ष पुष्प राज तिमिल्सिनाले मंचको अधिबेशन भब्य रुपमा सफल पार्ने बताएका छन्। नेपालीनेपाली डटकमसँग कुरा गर्दै उनले भने ” हामी पूर्ण तयारीका साथ अधिबेशनलाई सब्य र भब्य रुपमा सफल पार्छौ, म संरक्षक पनि भएकोले कार्यक्रम सफल बनाउन कुनै कसर बाकी राख्दिन साथै सबैलाई साथ दिन र सहयोग गर्न अपिल गर्दछु।”
अहिलेसम्म मंचका कार्यसमितिहरु निर्बाचनबाट नबनेकाले यो पालि पनि सर्ब-सहमतबाट नै कार्यसमिति बन्ने आकलन गरिएको छ ।

बैठकले हरेक बर्ष मंचले गर्दै आएको तिज बिशेष कार्यक्रम यो बर्ष बिबिध कारणले ढिलो भएको भन्दै स्पेनबासी नेपाली समुदाय समक्ष क्षमा मागेको छ । ढिलै भए पनि तिज कार्यक्रम सेक्टेम्बर ७ तारिक आईतबार राखेको जानकारी गराउदै मंचले निशुल्क हुने उक्त कार्यक्रममा सहभागिताको लागि सबैलाई अनुरोध गरेको छ।
साथै बैठकले नेपाली जनसम्पर्क समिति स्पेनले आयोजना गर्न लागेको भलिबल कपमा मंचको तर्फबाट हेमन्त रानाभाटको संयोजकत्वमा समुह बनाई सहभागिता जनाउने निर्णय गरेको महासचिब दिनेश गुरुङले जानकारी दिए ।

 

नोट- तीज कार्यक्रमको लागि

कार्यक्रम हुने स्थान- Calle sicilia 321 बार्सिलोना
समय – दिउसो ३ बजे
मेट्रो- L4 JOANIC L5, L2 SAGARADA FAMILIA
दर खुवाउने समय- दिउसो ३.३० बाट साँझ ५ बजेसम्म
सास्कृतिक कार्यक्रम साँझ ५ बजे बाट रातको १२ बजे सम्म.
आयोजक
प्रवासी नेपाली मंच स्पेन