पोखरामा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान सख्त घाइते


पोखरा, १७ भाद्र – पोखरा ७ मालपोत नजिकै श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान सख्त घाइते भएका छन् । मंगलबार विहान पोखरा ७ मालपोत नजिकै रहेको सुकुम्बासीमा बस्ने माया नेपालीले श्रीमान्लाई खुकुरी प्रहार गरेकी हुन् । खुकुरी प्रहारबाट ३५ वर्षिय दिपक नेपालीको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई गण्डकी मेडिकल कलेजमा उपचार हुन नसकेपछि मणिपाल अस्पतालमा लगेको प्रहरीले जानकरी दिएको छ । झगडा पछि श्रीमतीले खुकुरीले टाउकोमा प्रहार गरेकी थिइन् ।