डि–मर्चाका श्रेष्ठको गीतमा अष्टेलियाका नेपालीले गरे गर्वानुभूति


सन्देश श्रेष्ठ
पोखरा, १६ भदौ

‘नेपालका छोरा हामी, सवै नेपाली, दौरा र सुरुवाल शिरमा टोपी पाल्पाली, लौ आयो गोरखाली’ गीत गाउँदै अष्टे«लियाकै सबैभन्दा चर्चित होटल क्राउन क्यासिनोको स्टेजमा पोखरेली ब्याण्ड डि–मर्चाका प्रमुख भोकलिष्ट भाष्करध्वज श्रेष्ठ उक्लिदा अष्टेलियाका प्रवासी नेपालीको मुटु गर्वले फुलिएको थियो । नेपालीको शिर उचो बनाउने वीर गोरखाली सम्बन्धी गीत श्रेष्ठले गाइरहँदा त्यहाँका नेपालीहरुले गीतको भाकासँगै गर्वानुभूति गरेका हुन् ।

अन्र्तराष्ट्रिय कलाकार लगेर कन्सर्ट गर्दै आएको चहलपहल मेलवर्नको आयोजनामा आइतबार राती भएको कार्यक्रममा श्रेष्ठले झण्डै डेढ घण्टा दर्शकलाई मनोरञ्जन दिलाएका थिए । नेपाली समुदायले होटल क्राउन क्यासिनोमा पहिलोपटक गरेको कार्यक्रममा हजारौं दर्शककाबीच श्रेष्ठले झ्याम्म झ्याम्म, तारा खस्यौली, झ्याम्मै चौतारी, छ भने मायाँ, हुन्दे रे लगायतका आफ्ना चर्चित गीतहरु गाएका थिए । व्याण्डका साथीहरु बिनानै कार्यक्रममा सहभागि भएका श्रेष्ठलाई न्यूजिल्याण्डका डिजे बि.रकले साथ दिएका थिए ।

10599412_848159128551633_5785764113215742078_n

श्रेष्ठको गीतमा दर्शकहरुले सँगसँगै गाएर साथ दिएका थिए भने नाच्न जान्नेले नाचेर र अन्यले कम्मर मर्काएरै भएपनि श्रेष्ठलाई हौस्याएका थिए । श्रेष्ठले गीत गाउँदै गर्दा डि–मर्चा, डि–मर्चा, भन्दै हुटिङ आएको थियो भने झ्याम्म, झ्याम्म र आयोग गोरखाली गीत गाउँदा वान्स मोर, वान्स मोरको अफर आएको थियो । श्रेष्ठले आयो गोरखाली गीतको लागि धेरै वान्समोर आएपछि आफूले दोहो¥याएर गीत गाउनुपरेको खुशी हुँदै सुनाउनुभयो ।

कन्सर्टमा नेपाली मात्रै हैन, अष्टे«लियन, थाई र ईण्डियन दर्शकको पनि बाक्लो उपस्थिति थियो । नेपाली गीत कमै बुझेपनि गीतसँगै उनीहरुले कम्मर मर्काएका थिए । उनीहरुले डिमर्चा नेपालको राम्रो व्याण्ड रहेको सुनेर गीत सुन्न आएको प्रतिक्रिया दिए । व्याण्डका अन्य सदस्यको भिसा नलागेपछि एक्लै कार्यक्रममा सहभागि भएका श्रेष्ठले व्याण्डका साथीहरु बिनाको कार्यक्रम नमज्जा लागेपनि दर्शकको साथले ती सबै बिर्साएको प्रतिक्रिया दिए ।

करीब ६ घण्टा चलेको कार्यक्रममा नेप्साईडाज, डिजे क्न हेलियर, नाईन डबल सेभेन, जङ्गी निशान, डर्टी आर, डिजे ट्वेन्टी लगायत त्यहाँका लोकल गायक÷गायीकाहरुको पनि प्रस्तुती राखेका थिए । कार्यक्रमबाट उठेको रकम मध्ये केही प्रतिशत सिन्धुपाल्चोकका बाढी पीडितहरुलाई सहयोग प्रदान गरिने चहलपहल मेलवर्नले जनाएको छ ।

10641241_688793411203019_2363267494987491382_n

डि–मर्चाका प्रमुख भोकलिष्ट श्रेष्ठले सेप्टेम्बर १४ तारिखमा सि.ईभेण्टको आयोजनामा अष्टे«लियाकै गोलक्वेष्टको क्राउन इन्टरटेनमेन्ट कम्प्लेक्सस्थित फ्यूजन नाइट क्लवमा, २१ तारिखमा थकाली समाजको आयोजनामा अष्टे«लियाकै सिड्नीमा आयोजना हुने कार्यक्रममा पनि आफ्नो प्रस्तुती रहने जानकारी दिनुभयो । त्यस्तै, ब्रिसवर्न सिटीमा सेप्टेम्बर ७ तारिखमा पनि कार्यक्रमको चाँजोपाँजो मिलाउने प्रयास भइरहेको श्रेष्ठले बताउनुभयो ।