सभासद कुमार खड्का सम्मानित, स्थानीय स्तरको विकासका लागी प्रतिवद्ध छु


शिशिर पौडेल
पोखरा १६ भदौ
संविधान सभाका सदस्य कुमार खड्का सम्मानीत हुनुभएको छ । पोखरा १६ अमरद्धिपमा रहेको माथिल्लो अमरद्धिप आमा समूहले सभासद खड्का सहित उहाँकी धर्मपत्नी कमला खड्कालाई सम्मान गरेको हो ।
खड्कालाई बाबा समूहका अध्यक्ष सुवेदार दिलबहादुर गुरुङ, सल्लाहाकार पदम सिंह गुरुङसल्लाहकार तेज बहादुर गुरुङ, अध्यक्ष चन्द्रशोभा गुरुङ उपाध्यक्ष पदम कुमारी गुरुङले गुरुङ परम्परा अनुसार भाङग्रा, घलेक र ढाकाको टोपी लगाइदिदै सम्मान गरेका थिए । सम्मानपछि आयोजित कार्यक्रममा सभासद खड्काले स्थानीय क्षेत्रको विकास गर्न आफू प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले सांसद विकास कोष मार्फत प्राप्त रकम पोखरा १६, भलाम, अर्मला र लामाचौर क्षेत्रको विकासमा खर्च गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
समय समयमा पोखरा आएर विकास निर्माणको अनुगमन र जनताका समस्या सुन्दै आउनु भएका खड्काले आफूमा कुनै किसिमको लोभ नरहेको बताउनु भयो । समूहका अध्यक्ष चन्द्रशोभा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कंग्रेस वडा इकाइ सभापति गोपालबहादुर थापा, एकल महिला समुहका अध्यक्ष दुर्गा केसी थापा, सल्लाहाकार पदम सिंह गुरुङ लगायतले त्यस क्षेत्रका समस्याका बारेमा जानकारी गराएका थिए ।
खड्कालाई शिव मन्दिरका पूजारी बन्धुराज अधिकारी र गुम्वाका गुरुलामा सनम गुरुङले आर्शीवचन प्रदान गर्नुभयो ।