स्याङ्जाको खिलुङ्–देउरालीमा छोराद्धारा बाबुको हत्या


प्रकाश डोटेल
स्याङ्जा, १६ भदौ

स्याङ्जाको खिलुङ्–देउराली–२ कोटास्वारामा आज छोराले वृद्ध बाबुको हत्या गरेका छन ।

५३ बर्षिय छोरा लुरे भन्ने खड्कबहादुर सार्कीले ८२ बर्षिय बृद्ध बाबु कर्णबहादुर सार्कीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

दैनिक रुपमा रक्सि खाएर बाबुसग झगडा गर्ने छोरा खड्क बहादुरले रक्सिको झोकमा आज बिहान करिब ३ बजेको समयमा हसिया प्रहार गरि बाबुको हत्या गरेका हुन ।

छोरा खड्क बहादुरले बाबुको हत्या गरि शब घर नजिक लगेर गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो । बाबुको हत्या स्वीस्कारेका छोरालाई प्रहरीले नियन्त्रणमा लिई कर्तब्य ज्यान मुद्दा चलाएको छ ।