व्यवसाहिक हित र पोखराको आर्थिक विकास मुख्य एजेण्डा ः उम्मेदवारहरु


माधव बराल
पोखरा, १५ भदौं

पोखरा उद्योग बाणिज्य संघको आगामी भदौं २० र २१ हुने ३० औं महाधिवेशनमा उम्मेदवारी दिएकाहरुले उद्योगि व्यवसायीको हक, हितको साथै समग्र पोखराको आर्थिक विकासलाई मुख्य एजेण्डा बनाएनर संघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् ।निर्वाचन समितिले आज गरेको उम्मेदवार परिचय कार्यक्रममा उनीहरुले संघमा रहेर पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण, बसपार्क, पर्यटक बसपार्क निर्माणमा दवाबको साथै पर्यटन प्रवद्र्धन र सुन्दर पोखरालाई अझ व्यवस्थित र समृद्ध बनाउन सक्दो काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अध्यक्षका प्रत्यासी विन्दुकुमार थापाले व्यवसायीक मैत्री वातावरण बनाउन र संघलाई समय सापेक्ष परिर्वतन गरी आफुले उम्मेदवारी दिएको बताउनुभयो ।पोखराको लागि विभिन्न विकासका योजना समेत प्रस्तुत गर्नुभएका थापाले निजी क्षेत्रको गरिमा र छविलाइ उचो बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । निर्वाचनका बेला संघमा गुट देखिएपनि आफु अध्यक्षमा निर्वाचित भएमा भदौ २१गतेदेखि सबैलाई समेटेर अगाडि बढ्ने बताउनुभयो ।

अध्यक्षका प्रत्यासी तथा संघका बर्तमान अध्यक्ष संजीवबहादुर कोइरालाले उद्योगी, व्यसायीय पक्षमा आफुले थालेका कामलाई पुरा गर्न र समग्र पोखरा उपत्यकाको आर्थिक विकासको लागि काम गर्ने बताउनु भयो ।व्यवसायीको क्षमता अविभृद्धि गर्न थालिएको गतिविधलाई निरन्तरता दिदै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल नबन्दा सम्म दवावा दिईरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।सक्षम नेतृत्वलाइ मतदिन आग्रह गर्दै साहनभुति देखाएर मत नमाग्न पनि उहाँले उम्मेदवारहरुलाई आग्रह गर्नुभयो ।विगतमा थालिएको कामलाई निरन्तरता दिदैं सामाजिक उत्तरदायित्वलाई अझ बढि प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

महाधिवेशनमा एसोसिएट सदस्यमा उम्मेदवारी दिनुभएका अर्जुन पोख्रेलले नयाँ संकल्प, योजना र प्रतिवद्धतासहित प्रतिष्पर्धामा उत्रेको बताउनुभयो ।अर्का एसोसिएट सदस्य अमरबहादुर केसीले वाणिज्य संघ मार्फत वित्तिय, स्वास्थ्य,पर्यटन लगायतको क्षेत्रको विकासमा योगदान दिन उम्मेदवारी दिएको बताउनुभयो ।सदस्यमा उम्मेदवारी दिनुभएका विश्वशंकर पालिखेले पोखराको आर्थिक विकासमा पर्यटनले महत्वपूर्ण भुमिका खेल्न र त्यसको लागि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनिवार्य सर्त भएको बताउँदै निर्माणको लागि पहल गर्न सधै लागि रहने बताउनु भयो ।उहाँले विमानस्थल निमार्णको अन्यौलता यथावत रहेको बताउँदै दवावको खाँचो रहेको बताउनुभयो ।उहाँले चिनको सहयोगमा पोखरा अन्य ठाउँमा सौर्य वत्ति विस्तार गर्न लागि परेको बताउनुभयो ।

उम्मेदवार अनिल सिग्देलले व्यक्तिगत भन्दा पनि सामाजिक स्वार्थलाई बोकेक काम गर्ने बताउनुभयो ।अर्का उम्मेदवार अमृत पोखरेलले आफ्नो क्षमताले भ्याएसम्म व्यवसायीक हक,हितमा काम गर्ने बताउनुभयो ।उम्मेदवार ईश्वर कर्माचार्यले संघको छविलाई उचो राख्नुको साथै आर्थिक क्षेत्रमा देखिएको अन्यौलतालाई चिर्न र संघलाई बलियो बनाउन उम्मेदवारी दिएको बताउनुभयो ।

गिरधारी शर्माले पोखराको जेठो संस्थामा बसेर सामाजिक कार्य गर्न आफु तत्पर रहेको बताउनुभयो ।जनकराज पराजुलीले संघको विधान परिर्वतन गरी संघमा आवद्ध नभएका बस्तुगत सघ संस्थाहरुलाई समेट्न र यवसायीको काममा सधै खटिने बताउनुभयो । दामु अधिकारीले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर मतदाताको मनो भावनालाई बुझेर काम गर्ने बताउँदै पोखराको विकासमा क्रियाशिल रहने बताउनुभयो ।

दिलिपराज श्रेष्ठले पोखरालाई बाल मैत्री सहरको साथै स्वस्च्छ, सुन्दर, हरियाली र सुरक्षित सहर बनाउन अभियानलाई सार्थक बनाउन लागि पर्ने बताउनुभयो । दिलिप सुवेदीले सरकारी नीतिमा भएका अस्पष्टताले उद्योगी, व्यवसायीले अनेक समस्या झल्नु परेको बताउँदै व्यवसायीको हितमा नीतिगत सुधारको लागि पहल गर्ने बताउनु भयो ।

देवकृष्ण काफ्लेले उद्योगी, व्यवसायीको हितमा काम गर्न बताउनुभयो । देव क्षेत्रीले व्यवसायीक हक, हितको लागि संघको विधान संसोधन आवश्यक भएकोले त्यसप्रति आफुले प्रयास गर्ने बताउनु भयो । धनीराम बरालले संघको गरिमालाई जोगाउँदै संस्थागत विकासका लागि पर्ने बताउनु भयो ।धु्रवराज बरालले व्यवसायिक एकताको लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्लथल निर्माणमा पहल गर्ने बताउनुभयो ।नारायण कोईरालाले संसथाले लिएको शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको नारालाई अगाडि बढाउनका साथै छरिएर रहेका व्यवसायीलाई एकतावद्ध गराउन पहल गर्ने बताउनुभयो । अर्का उम्मेदवार नारायण पौडेलले संघले पहिलो मुद्धा नै व्यवसायीक हितलाई बनाउनु पर्ने र उद्योगी व्यवसायीलाई दुःख दिनेप्रति कडा रुपमा प्रस्तुत हुनपर्ने बताउनुभयो ।

पवनकुमार प्रजापतिले आर्थिक क्षेत्रमा देखिएको समस्यालाई पहिचान गरी त्यसलाई निराकरण गर्न लागि पर्ने बताउँदै सक्षम उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो । पुष्पराज पराजुलीले व्यवसायी, व्यवसायी बीचको एकतालाई मजवुद बनाउनुपर्ने आवश्यक रहेको बताउँदै पोखराको आर्थिक विकासमा टेवा पुग्ने गरी काम गर्ने बताउनु भयो ।प्रकाशदेव पालिखेले बस्तुगत संघसंस्थालाई बलियो बनाएमात्र संघ बलियो हुने भन्दै त्यसतर्फ ध्यान दिने बताउनुभयो ।बलराम पहारीले पोखरा र आसपासलाइ पर्यटकीय गन्तव्य बनाउन संघमार्फत सक्रिय हुने बताउनुभयो ।

विन्दु कोइरालाले संघको विधानले क्षमतावानलाइ पदाधिकारीमा रहेर काम गर्न रोकेकोले त्यसको संसोधनको पक्षमा आफु रहेको बताउनुभयो ।सदस्यका अर्का उम्मेदवार मिनराज काफ्लेले पोखरा उपत्यकलाई आर्थिक रुपमा समृद्ध बनाउनको साथै रोजगारी सिर्जनागर्नेतर्फ लागि रहने बताउनुभयो । मंगलबहादुर नेपालीले समावेशीका कुराले चर्को रुपमा उठेको बेलामा संघलाई पनि समावेशी बनाउन आफुले उम्मेदवारी दिएको बताउनु भयो ।

रविन्द्रबहादुर प्रजुले उद्योगि व्यवसायीको विचमा देखिएको भ्याट, मिसम्याच, लगायतका समस्याहरुलाइ समाधान गर्नेका लागि सहकार्यलाई विश्वास गरेर अगाडि बढ्ने बताउनुभयो । रामबहादुर वसेलले युवाहरुलाई व्यवसायी बनाउनका साथै विदेश पलायनलाइ रोक्नका लागि संघमा रहेर पुलको काम गर्ने काम गर्ने ईच्छा व्यक्तगर्नुभयो ।सिता गुरुङले निजी क्षेत्रको हक,हितको लागि लड्न र संघमा महिला सहभागिता बढाउन उम्मेदवारी दिएको बताउनुभयो । हरिराज पन्तले संघले विपद् व्यवस्थापनको लागि कोष स्थापना गर्नुपर्ने बताउँदै त्यसतर्फ आफुले पहल गर्ने बताउनुभयो । हिरा भट्टराईले संघको महिलाको सहभागिता बढाउनको साथै उद्योगी व्यवसायी, उपभोक्ता लागयत पोखराका हितमा काम गर्ने बताउनु भयो ।

निर्वाचन समितिका संयोजक तिर्थ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक राजेन्द्र बाटाजु, सदस्य निरञ्जन श्रेष्ठले उम्देवारलाई सफलताको शुभकामना दिनुभएको थियो ।एसोसिएट सहित २ हजार २ सय ५८ मतदाता रहेका संघमा १४ सदस्य, १ एसोसिएट र एक अध्यक्षमा निर्वाचित हुन लागेको हो भने ४ सदस्यीय पछि मनोनित गरिने र निर्वातमान अध्यक्षसहित २१ सदस्यीय समिति हुनेछ । पदाधिकारी सदस्यमा निर्वाचितबाट अध्यक्षले चयन गर्ने व्यवस्था विधानमा छ ।