मुलुक र प्रजातन्त्र रहे सम्म झुक्दिन् ः कटवाल


पोखरा, १५ भदौं

नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गगत कटवालको आत्मकथा पुस्तकको आज पोखरामा परिचर्चा गरिएको छ ।बजारमा अहिले ‘हट केक’ बनेको कटवालको आत्मकथा बारे विभिन्न टिका टिप्पणी भइरहेको बेलामा कटवालले पोखरामा आफ्ना पाठकसँग साक्षात्कार गर्नुभएको हो ।

¥यान्डम रिडर्स सोसाइटी अफ् नेपालले कटवालसँग साक्षात्कार तथा पुस्तक हस्ताक्षर कार्यक्रममा कटवालले नेपाली सेनाले प्रजातन्त्र र संविधानको वकालत गर्दै आएको बताउनुभयो ।तपाई राजावादी भएर पनि तपाईकै कार्यकालमा राजसस्था हट्दा दुख लाग्दैन ? भनेर पाठकले सोध्दा कटवाल भन्नुभयो, ‘राजतन्त्रको औपचारिक विदाई नहुदाँ सम्मको राजावादी थिए, थिएनन् भनेर बहस गर्नुको केही तुक छैन । सवै राजाका अघि धनुष्टाङकार हात जोड्थे । अहिले झुटो बोलेर हुन्छ ।’

आफ्नो आत्मकथामाथि भईरहेको टिकाटिप्पणीले आफूलाई फाइदा नै पुगेको साक्षात्कार कार्यक्रममा कटवालले बताउनुभयो ।‘पुस्तक पढेपछि आफूलाई लागेको कुरा भन्न पाइन्छ । जसले जसरी बुझ्छ । त्यो उसकै अध्ययन क्षमतामा भर पर्छ ।’ कटवालले भन्नुभयो, ‘मैले त्यो बेला चालेको कदम ठिक भएर नै राष्ट्रपति देखि विभिन्न राजनीतिक दलका नेता तथा जनताले सहजै लिएका थिए ।’

मैले भोगका अनुभव, अनुभूति र मन लागेका सन्दर्भलाई पुस्तकमा समेट्ेको उहाँले बताउनुभयो । सेनापतिको जिम्मेवारी सम्हाले यताका मुख्य घटनाक्रमलाई समावेश गरेको उहाँले बताउनुभयो । साक्षात्कार कार्यक्रममा सहभागि पाठकले तपाईको आत्मकथालाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाहियात भनेका छन् नी ? भन्ने जिज्ञासाको उत्तर दिदैं कटवालले भन्नुभयो ‘त्यो त तपाईले बुझ्ने र हेर्ने कुरा हो ।फुलको आँखामा फुलै संसार काँडाको आँखामा काडै संसार भन्ने जस्तै हो ।’

साक्षात्कार कार्यक्रमका सहजकर्ता पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले राष्ट्रपति डा. रामवरण यादवले तपाईलाई सेनापति पदमा थमौती नगरेको भए के गर्नुहुन्थ्यो त्यो बेला ?’ भन्ने प्रश्नको उत्तर कटवालले कुटनीतिक रुपमा दिदैं ‘त्यो अत्यन्तै हाइपोथ्रेटिकल प्रश्न हो । त्यस्तो कुरा अन द स्पोर्टमा हुने कुरा हो,दिमागमा के फुथ्र्यो त्यही गर्थे, यही नै गर्थे भनेर अहिले भन्नुको औचित्य छैन ’ भन्नुभयो ।

कटवालले मुलुक र प्रजातन्त्र व्यवस्थाको लागि नेपाली सेनाले जस्तोसुकै बलिदान गर्न तयार रहेको बताउनुभयो कटवालको आत्मकथा सहलेखन गरेका पत्रकार किरण भण्डारीले कटवाल खरो शैलीको व्यक्तित्व भएको बताउनुभयो ।पत्रकार भण्डारीले कटलवकालका जीवनका अनेक रमाइला घटनाक्रमले नै पुस्तक लेखनमा उत्साह थपेको बताउनुभयो ।पुस्तकको सम्पादन गरेका नागरिक दैनिकका सहसम्पादक सुदिप श्रेष्ठले बहुआमिक तथा उहाँका उनका जीवनमा आएका अनेक आरोह–अवरोहले पुस्तक सम्पादनमा अघि बढ्न सहज भएको बताउनुभयो ।

कार्यक्रमको अन्त्य तीर पाठकले राजनीतिमा लाग्ने सम्भावना कति छ ? भन्ने प्रश्नको जवाफ दिदैं कटवालले भन्नुभयो, ‘नेपालका सवै नेता जंगल पसे भने. विचार गरौंला ।’सोसाइटीका अध्यक्ष गनेस पौडेलले पाठन संस्कृतिको विकास गर्न प्रत्येक महिनाको अन्तिम शनिबार बजारमा आएको पुस्तकको परिचर्चा कार्यक्रम गदैं आएको बताउनुभयो ।