अमर्लाको भ्वाङ हेरे पछि प्रचण्डले भने सदनमा कुरो उठाउ छु


पोखरा, १५ भाद्र

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्को अमर्लाको शनिवार अवलोकन गरेका छन् । मंसिर देखि भ्वाङ परेर घर बास नै उठेको अमर्लामा अध्यक्ष दाहालले अवलोकन गरेका हुन् ।

अर्मला क्षेत्रको अवलोकन पछि स्थानीयलाई सम्बोधन गर्दै दाहालले भ्वाङ परेर क्षेतविक्षेत भएको अर्मलाको निमार्णका लागी सरकारको ध्यान आक्रषण गर्ने र सदन समेत अर्मला निमार्णका लागी आवाज उठाउने बताएको थिए । त्यसै गरि बाटुले चौरमा रहेको कोमागाने मातृ शिशु अस्पतालको पनि अवलोकन गरेका छन् ।