के हो त आइस बुकेट च्यालेञ्ज ? स्पेनमा बस्ने नेपाली पनि च्यालेञ्जमा उत्रिए


बार्सिलोना

समाजसेवी कोरि ग्रिफिनले आइस बुकेट च्यालेञ्जको सुरुवात गर्ने मध्ये एक मानिएको छ । आफ्ना साथी पिटर फ्रेडमा एमियोट्रोफिक लेट्रल स्केलेरोसिस नामक स्नायु सम्बन्धी रोगको समस्या देखिए पछि त्यसको उपचारका लागि सहयोग जुटाउन कोरिले यो अभियान सुरु गरेको मानिन्छ । २७ वर्षीय कोरिको हालै दुर्घटनामा मृत्यु भइसकेको छ । उनले एक लाख अमेरिकी डलर रकम जुटाइसेका पनि थिए ।

अमेरिकाको उत्तरी भागमा २०१३ देखि सन् २०१४ को सुरुसम्म सोसल मिडियामा कोल्ड वाटर च्यालेञ्जको नाममा यस्तो चुनौति सुरु भएको हो । सन् २०१४ को मध्यतिर यो भाइरल जस्तो गरी फैलन पुग्यो । संसारभरका धेरै सेलिब्रिटी र सामान्य मानिसले समेत यस्तो च्यालेञ्जमा भाग लिइसकेका छन् । माइक्रोसफ्टका संस्थापक विल गेट्स, फेसवुक संस्थापक मार्क जुकरवर्ग, टम क्रुज, , साकिरा,लेडि गागा, जस्टिन वाइवर, क्रिष्टियानो रोनाल्डो, लियोनल मेसि,पिके,भारतीय टेनिस खेलाडी सानिया मिर्जा,नेपालमा भलिबल खेलाडी सिपोरा गुरुङ लगायतले यसमा भाग लिई सकेका छन् । आफूले टाउकोमा बरफ खन्याएर चुनौति स्वीकार गरेपछि अन्य तीन जनालाई त्यसका लागि आव्हान गर्ने र २४ घण्टाको समय भित्र चुनौति स्वीकार नगरे एक सय अमेरिकी डलर मानसिक स्वास्थ्यको समस्या भएका विरामीको काममा लागेको संस्थालाई सहयोग गर्नुपर्ने सामान्य नियम भए पनि यहाँ च्यालेञ्ज स्वीकार गरेर पनि सहयोगका लागि रकम दिने गरिएको हो ।

स्पेनमा पनि भित्रियो
स्पेनमा रहेको नेपाली समुदाय बिच पनि  आइसबुकेट च्यालेञ्ज भित्रिएको छ । स्पेन निबासी उमेश अधिकारीले एनआरएनए स्पेनका अध्यक्ष एक राज गिरी ,उपाध्यक्ष अर्जुन आचार्य र सुरज दाहाललाई नोमिनेट गरेका छन्। यस्तै नेपाली जनप्रगतीशिल मंच स्पेन ( ड्यास माओबादी) का महासचिब गोपाल रेग्मीले पनि आइसबुकेट च्यालेञ्ज अर्थात् टाउकोमा वरफयुक्त चिसो पानी खन्याउदै अन्य तिन जनालाई चुनौती दिएका छन्।

सुनकोसी बाढी पीडितका पोखरामा आइसबुकेट च्यालेञ्ज

पोखराको लेकसाइड स्थित ब्यञ्जन  रेष्टुराँका संचालक वैभव पौडेल एवं उनका साथी निरजंग केसीले आयोजना गरेको एक दिने कार्यक्रममा ५० भन्दा बढी सहभागीले टाउकोमा बाल्टीबाट बरफयुक्त पानी खन्याएका थिए । पानी खेर दुरुपयोग नहोस् भनी रेष्टुरेण्ट भित्र रहेको स्वीमिङ पुलको पानी उनीहरुले प्रयोग गरेका थिए । यस्तो अभियान पछि सहभागीबाट २० हजार रुपैयाँ सुनकोसी बाढी पीडितका लागि संकलन भएको रेष्टुराँका एकाउण्टेण्ट राजु पौडेलले जानकारी दिए ।

Ice-bucket-2
आफैंले समेत टाउकामा वरफ खन्याएका वैभवले यसलाई एउटा चुनौतिको रुपमा स्वीकारर्दै राम्रो कामका लागि रकम संकलन गरिएको बताए । राष्ट्रिय भलिवल खेलाडी सिपोरा गुरुङ समेत यस्तो अभियानमा सहभागी भएकी थिइन् ।

 

संसारभरका १० लाख भन्दा बढी मानिसहरु यो अभियानमा सरिक भइसकेका छन् । अष्ट्रेलियाको मेलवर्नमा हालै आयोजित सामूहिक कार्यक्रममा सात सय जनाले एकै पटक थाप्लोमा वरफ खन्याएका थिए । यसलाई ए.एल.एस. आइस बुकेट च्यालेञ्जको रुपमा पनि बुझ्ने गरिएको छ ।

10608838_824077297626432_1398169145_n10653920_824077314293097_1429286335_n

 

पछिल्ला दुई तस्बिरमा स्पेन निबासी गोपाल रेग्मी र उमेश अधिकारी