पोखरा उद्योग वाणिज्य संघको विधान सम्सोधन गरीनुपर्ने व्यावसायीहरुको जोडदार माग


दिननाथ बराल
पोखरा, १४ भदौं
पोखराका व्यावसायीहरुले पोखरा उद्योग वाणिज्य संघको विधान सम्सोधन गरीनुपर्ने जोडदार माग राखेका छन । पोखराका व्यावसायीहरुको उच्चस्तरीय कमिटिको अगुवाईमा शनिबार पोखरामा आयोजना भएको बृहत छलफल कार्यक्रममा व्यावसायीहरुले संघको विधान समय अनुसार सम्सोधन गरीनुपर्ने जोडदार माग राखेका हुन ।
संघको अध्यक्षमा रहेको सर्वाधिकार तोड्नुपर्ने, एक कार्यसमितिको ३ बर्षे कार्यकाल हुनुपर्ने, अध्यक्ष, उपाध्यक्ष सहितका पदाधिकारी सवैको निर्वाचन हुनुपर्ने, संघको कार्यसमितिको सङख्या बृद्धि गरी २७ जना सम्मको हुनुपर्ने लगायतका बिषयहरुलाई समेट्ने गरी विधान सम्सोधन गरीनुपर्ने कुरामा व्यावसायीहरु एक भएको ६२ वटा बस्तुगत संघहरुद्धारा स्थापीत कमिटिका संयोजक सुरेस अधिकारीले बताए ।
भाद्र २० र २१ गते हुन लागेको पोखरा उद्योग वाणिज्य संघको ३० औं महाधिवेशनका लागि वर्तमान अध्यक्ष संञ्जिब बहादुर कोइराला र प्रथम उपाध्यक्ष विन्दुकुमार थापाको समुहले उम्मेदवारी दर्ता गराई सकेका छन । अध्यक्षमा दुई, एसोसीयटमा दुई, र कार्यसमितिमा २७ जनाको गरी ३१ जनाको उमेदवारी दर्ता भएको निर्वाचन समितिका संयोजक तिर्थ श्रेष्ठले बताए ।