डि–मर्चाले आईतबार मेलवर्न तताउँदै


सन्देश श्रेष्ठ
पोखरा, १४ भदौ

पोखरेली ब्याण्ड डि–मर्चाले अगष्ट ३१ तारिखका दिन आइतबार अष्टे«लियाकै सबैभन्दा चर्चित होटल क्राउन क्यासिनोमा स्टेज तताउँदैछ । अन्र्तराष्ट्रिय कलाकार लगेर कन्सर्ट गर्दै आएको चहलपहल मेलवर्नको आयोजनामा हुने कन्सर्टमा डि–मर्चाले प्रस्तुती दिन लागेको हो । मेलवर्नको सबैभन्दा चर्चित र महङ्गो मानिएको होटल क्राउन क्यासिनोमा नेपाली समुदायले पहिलोपटक कार्यक्रम गर्न लागेको बताईएको छ ।

कार्यक्रममा सहभागि हुन डि–मर्चा व्याण्डका प्रमुख भोकलिष्ट भाष्करध्वज श्रेष्ठ अष्टे«लियाको मेलवर्न पुगिसक्नुभएको छ । व्याण्डका अन्य सदस्यको भिसा नलागेपछि श्रेष्ठ एक्लै कार्यक्रममा सहभागि हुन त्यसतर्फ जानुभएको व्याण्डले जनाएको छ ।

आइतबार हुने कार्यक्रममा झ्याम्म झ्याम्म, तारा खस्यौली, झ्याम्मै चौतारी, छ भने मायाँ, हुन्दे रे लगायतका आफ्ना चर्चित गीतहरु आफूले गाउने डि–मर्चाका प्रमुख भोकलिष्ट श्रेष्ठले जानकारी दिनुभयो ।

सो अवसरमा न्यूजिल्याण्डका डिजे बि रक, डिजे क्न हेलियर, नाईन डबल सेभेन, जङ्गी निशान, डर्टी आर, डिजे ट्वेन्टी लगायत त्यहाँका लोकल गायक÷गायीकाहरुको पनि प्रस्तुती रहने बताईएको छ ।

डि–मर्चाका श्रेष्ठले सेप्टेम्बर २१ तारिखमा थकाली समाजको आयोजनामा अष्टे«लियाकै सिड्नीमा आयोजना हुने कार्यक्रममा पनि आफ्नो प्रस्तुती रहने जानकारी दिनुभयो । त्यस्तै, ब्रिसवर्न सिटीमा सेप्टेम्बर ७ तारिखमा पनि कार्यक्रमको चाँजोपाँजो मिलाउने प्रयास भइरहेको श्रेष्ठले बताउनुभयो ।