कक्षा १२ परिक्षफल सार्वजनिक, ७०.४३ प्रतिशत उतिर्ण


पोखरा, १४ भाद्र-उच्च माध्यमिक शिक्षा परिषद्ले आज कक्षा १२ को विज्ञान संकायतर्फको नतिजा सार्वजनिक गरेको छ। गत वैशाख १९ देखि भएको परीक्षा अन्तर्गत विज्ञान संकायको शनिबार नतिजा सार्वजनिक भएको हो।

परीक्षा नियन्त्राण कार्यालयका अनुसार नियमिततर्फ ३६ हजार सातसय २७ मध्ये २५ हजार ८ सय ६६ उत्तीर्ण भएका छन् । नियमिततर्फ ७० दशमलब ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ परीक्षामा सहभागी ६ जनाको नतिजा स्थगित भएको र ८ जनाको नतिजा रद्द गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

त्यस्तै, आंशिकतर्फ परीक्षामा सहभागी ६ हजार ८ सय ४२ मध्ये २ हजार ६ सय २१ परीक्षार्थी उत्तीर्ण भएका छन्। ७ जनाको नतिजा रद्द भएको छ। आंशिकतर्फ ३८ दशमलब २१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए ।