पोखराको कार्की डाँडामा एक युवतीलाइ सात जनाबाट सामूहिक बलात्कार


त्रिभुवन पौडेल
पोखरा, भदौ १४-

पोखरा १२ कार्की डाँडामा बिहिबार मध्यरातमा २१ बर्षिय एक युवती सात जनाबाट सामूहिक बलात्कारमा परेकी छन् ।
पोखरा १२ स्थित हिमाली समाजघरमा बसेका आठ जनाको समूहमा रहेका युवाहरुले उनलाइ मोटरसाइकलमा उठाएर, कार्की डाँडामा लगी सामूहिक बलात्कार गरेका हुन् ।
घटनाको करिब ४० घण्टाको सफल अनुसन्धान गरेको वडा प्रहरी कार्यालय रामबजारले घटनामा संलग्न दुइ जनालाइ पक्राउ गरेको छ । अन्य आरोपी फरार छन् । युवतीलाइ लिएर गएका आठ जना मध्ये सात जनाले बलात्कार गरेको पक्राउ परेका दुइ अभियुक्तले स्विकारे वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक केशबबहादुर बस्नेतले वताए ।
‘पक्राउ परेकाले घटनामा गएका आठ जनाकै नाम मात्र हैन, सुरुमा कसले र अन्तिममा कसले बलात्कार ग¥यो भन्ने बारेमा पनि सिधा सिधा बालेका छन् ।’–प्रहरी निरिक्षक बस्नेतले  भने–‘घटनास्थलमा तिन वटा कण्डम भेटिएको छ । वरपरको झार मडारिएको छ ।’
घटना बिबरण अनुसार बुधबार राती करिब ९ बजे रामबजारका प्रहरी निरिक्षक बस्नेत ड्युटीका क्रममा रामबजारमा थिए । त्यही बेला एक युवती आफ्नी बहिनी हराएको भन्दै उनी भएनेर आइन् । ति युवतीले बहिनीको फोन नम्बर पनि दिइन । प्रहरी निरिक्षक बस्नेतले आफ्नै नम्बरबाट फोन गर्दा, संपर्क हुन सकेन । दिदीले सुरुमा बहिनीसँग आफ्नो संपर्क हुँदा कार्की डाँडामा रहेको वताएपछि, प्रहरी निरिक्षक बस्नेत दिदीलाइ लिएर प्रहरी गाडीमै कार्की डाँडा गए । वरपर खोज्दा केही भेटिएन । फोनमा पनि संपर्क हुन सकेन ।
सीम सीम परीरहेको पानीमा लाइट बालेर चारै तिर हेर्दा पनि केही नदेखेपछि, प्रहरी टोली फर्कियो । फोनमा संपर्क गर्ने प्रयास भने प्रनि बस्नेतले गरीरहेका थिए । त्यसैक्रममा फोन लाग्दा युवतीले आफु कमलपोखरी नजिक धारापानीमा रहेको वताइन् । हतार हतारमा प्रहरी पुग्दा, त्यहाँ पनि फेला परिनन् । फेरी पनि केही बेरपछिको फोन संपर्कमा युवतीले आफु परिवार नियोजनको अफिस नजिक रहेको वताइन् । तुरुन्तै त्यहाँ पुगेको प्रहरीले युवतीलाइ फेला पा¥यो ।
प्रहरीसँग युवतीकी दिदी पनि थिइन् । दिदी बहिनी दुइ जना गुरुङ भाषामा कुरा गरे । प्रहरी निरिक्षक बस्नेतले घटना के भएको हो ? हामीले पनि बुझ्ने भाषामा कुरा गर्नुहोस भनी आग्रह गरे । त्यसपछि युवतीले सबै घटना वताइन् । आफुलाइ आठ जनाले उठाएर लगेको र त्यस मध्ये सात जनाले सामूहिक बलात्कार गरेको वताइन । कालो पाइन्ट लगाएकी ति युवतीको पाइन्ट भरी बिर्य पोतिएको थियो ।
जाडो र भयले थर थर कामीरहेकी ती युवतीलाइ प्रहरीले कार्यालयमा लगेर खाजा खुवाएर, घटनामा संलग्न ब्यक्तिहरुका बारेमा जानकारी लियो । उनकै बयान अनुसार बिहिबार बिहान पोखराको रामबजारमा सिभिलमा खटिएको प्रहरीले बहुदल उपनाम गरेका एक अभियुक्तलाइ पक्राउ ग¥यो । उनले घटनाको सबै बिबरण प्रहरीलाइ वताए ।
‘को कसले कण्डम लगाएर बलात्कार गरे । कसले कण्डम नलगाइ गरे भन्ने सम्मको कुरा सुरुमा पक्राउ परेका अभियुक्तले वताए ।’–निरिक्षक बस्नेत भन्छन्–‘उनले घटनामा संलग्न सबैको नाम पनि जानकारी दिए ।’
सुरुमा पक्राउ परेका अभियुक्तकै बयानमा अर्का एक जना पक्राउ परेका छन् । पक्राउ परेका दुबै जनालाइ जिल्ला प्रहरी कार्यालय कास्कीले जर्वजस्ती करणी ऐन अन्र्तगत पाँच दिनको म्याद थप गरेर हिरासतमा राखिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक केदार रजौरेले जानकारी दिए । युवतीले लगाएको पाइन्ट र बिर्य सहितको कण्डम प्रहरीले परीक्षणका लागि चिकित्सक समक्ष पठाएको छ ।
घटनाको अनुसन्धान थप अनुसन्धान भइरहेको र अभियुक्तहरुको खोजी कार्य तिब्र गतीमा भइरहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्त लामाले जानकारी दिए ।