स्वीट्जरल्याण्डमा एक नेपालीको मृत्यु 


ज्यूरिख। स्वीट्जरल्याण्डको ज्यूरिख युनिभर्सिटी अस्पतालमा एक नेपालीको बुधबार विहान मृत्यु भएको छ । कास्की मूल घर भएका ४७ वर्षीय पृथ्वी भण्डारी क्षेत्रीको उपाचारको क्रममा मृत्यु भएको हो।विगत १५ बर्षदेखि स्वीट्जरल्याण्डमा रहेका उनि ज्यूरिख क्यान्टोनको आफोल्टेनमा बस्दै आएका थिए। 

एनआरएनए स्वीट्जरल्याण्डकी अध्यक्ष शुभ एल्मर लामाका अनुसार उनि ५ हप्ता अघि अस्पताल भर्ना भएका थिए। ‘ उहाँको कलेजोमा समस्या देखिएपछि अस्पताल भर्ना भएको बुझियो।सोमबार आईसीयूमा पुगेर मैले भेट्दा उहाँ अचेत नै हुनुहुन्थ्यो।अध्यक्ष लामाले भनिन्। 

‘बुधबार पुन:  उहाँलाई भेट्न अस्पताल पुग्दा मृत्यु भईसकेको खबर अस्पतालले दिएको हो।’  एनआरएनए अध्यक्ष लामाले  बताईन्।‘उहाँको अवस्था अत्यन्तै चिन्ताजनक नै थियो।त्यसैले परिवारलाई पनि खवर गरिसकेका थियौं।’ 

एनआरएनए स्वीट्जरल्याण्डले दूतावाससँग समन्वय गरेर परिवारको ईच्छा अनुसार अत्येष्टि प्रक्रियामा पनि सहयोग गर्ने लामाले बताईन्। ‘मृतकका भाई महेन्द्र भण्डारी क्षेत्रीलाई जापानदेखि स्वीट्जरल्याण्ड ल्याउन कागाजी प्रक्रियामा पनि समन्वय गरिरहेका छौ। अब परिवारको ईच्छा अनुसार नै अत्येष्टिका लागि  सहयोग गर्नेछौ।’ उनले भनिन्। 

मृतक भण्डारी दुई दशक अघि जापानमा बस्दै आएको तर पछि पुन:नेपाल फर्केर स्वीट्जरल्याण्ड आएको पारिवारिक स्रोतले बताएको छ। ‘उनका दुई छोराहरु हाल दुवईमा ( युएई) कार्यरत रहेको बुझियो। कास्की मूल घर भएपनि सन् २०१५ देखि उहाँहरु धरानमा बसाई सर्नुभएको रहेछ।’ एनआरएनए अध्यक्ष लामाले भनिन्।