सरकारले एनआरएनलाई डिजिटल परिचयपत्र जारी गर्ने


काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गर्ने भएको छ । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम गैरआवासीय नेपालीलाई परिचयपत्र दिने घोषणा गरिएको हो ।

गैरआवासीय नेपालीले लामो समयदेखि दोहोरो नागरिकताको माग गर्दै आएका छन् । तर, सरकारले तत्काललाई रेमिट्यान्स बढाउन प्रोत्साहन गर्ने गरी डिजिटल परिचयपत्र जारी गर्ने घोषणा गरेको हो ।

‘विदेशमा नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाउने नीति लिइनेछ । कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको सहकार्यलाई थप विस्तार गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,‘ विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराइनेछ ।’