प्रवासी नेपाली मञ्च स्पेनको पाँचौ अधिवेशन जुन १३ मा 


बार्सिलोना।प्रवासी नेपाली मञ्च स्पेनको पाँचौ अधिवेशन जुन १३ हुने भएको छ। आगामी सोमबार वार्सिलोनाको सान्ट पाउ होटलमा  हुने मञ्चको पाँचौ अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको हो। 

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रवास ईन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा अधिवेशन हुने मञ्चले जनाएको छ। ‘समृद्ध नेपाल सुखी नेपाली, प्रवासीलाई स्वदेशमै रोजगारी’ भन्ने मुल मत्रसहित पाँचौ राष्ट्रिय अधिवेशन हुने आयोजकले जनाएको छ। 

यसअघि पुष्पराज तिमिल्सिना,मुक्त बहादुर गुरुङ,दिनेश गुरुङ र हेम शेर्पाले मञ्चको नेतृत्व लिईसकेका छन्। वर्तमान उपाध्यक्ष हेमन्त रानाभाट र महासचिव दिनेशराज रेग्मी मञ्चको आगामी नेतृत्वका लागि आकांक्षी देखिएका छन्।