प्रसव पिडामा रहेकी महिला सडकमा


घनश्याम पाण्डे
पोखरा, ११ भाद्र-

कहीले काही देखिएको दृश्यले मन अमिलो भएर आउँछ । आज त्यस्तै भएको छ । पोखराको पृथ्वीचोक नजिकै सडकमा हिडदै गरेकी महिला अस्पताल सम्म पुग्न पनि पैसा छैन भन्दै हिडेर अस्पातल जान हिडदै गर्दा प्रसब पिडाले आतिएर होला सडक पेटीमै ढलीन उनकी सहयोगी रुन थालीन उनि संगै भएको अबोध बच्चा त्यही सडक पेटीमा लडेको आमा लाई हेर्दे बसिरह्यो ।

सडकमा उनिहरुलाई हेर्नेको भिड लागी हाल्यो । आज देखि आमा मिलन केन्द्रले एम्बुलेन्स शेवा शुरु गरेको रिपोटीङको लागी पनि त्यही जादै थिए । यो दृश्य देखेपछि आमा मिलन सहकारी सस्थाका प्रवबन्ध निर्देशक धु्रवराज पौडेल सर लाई तत्तकाल त्यो प्रसब पिडामा सडक छेउमा छटपटाइरहेको महिला लाई अस्पताल लगेर उद्धार गर्न आग्रह गरे धु्रब सरले एक बचनमै निशुल्क एम्बुलेन्स सेवा दिनु भयो । धन्यबाद धु्रब सर ।

अस्पतालले सुत्केरी महिलाहरु लाई निशुल्क शेवा दिन्छ भन्ने भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाउने काम भयो अब अस्पतालले कस्तो ब्यबहार गर्छ । उपचार पाउने अधिकार त सवै लाई हुनु पर्ने हो तर यहाँ कोही बिरामी हुदा करौडौ खर्च गर्छ राज्य तर अस्पताल सम्म पुग्न पनि पैशा नभएर गरिब जनता यसरी सडकमा ढल्नु पर्छ ।